गृहपृष्ठ ∕
राजनीति ∕
नक्कली शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउनुपर्ने रवि लामिछानेको माग नक्कली शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउनुपर्ने रवि लामिछानेको माग
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन गर्न संसदीय विशेष समिति बनाउनुपर्ने माग गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सभापति लामिछानेले सो माग गरेका हुन्।
नक्कली शरणार्थी प्रकरणमा सबै राजनीतिक दलका नेता मुछिएकाले छानबिनका लागि संसदीय विशेष समिति बनाउनुपर्ने बताएका हुन्। ‘जसजसको नाम आएको छ उनीहरूको निष्पक्ष छानबिनका लागि विशेष समिति बनाउनुपर्छ। विश्वासको वातावरण बन्द भएको छ। जुनजुन निकायहरू यसमा लागिपरेका छन्। कसैको पनि विश्वास गर्ने वातावरण छैन। जसजसको नाम आएको छ तिनलाई छानबिनको दायरमा ल्याउन नहुने, सोधपुछ पनि गर्न नहुने गरी किन डराएको हो,’ लामिछानेले भने।
यस प्रकरणको छानबिनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुट्टा नकमाउने बताएको भएपनि अहिले नाम मुछिएकाहरूसँग सोधपुछ गर्न समेत डराएको आरोप लामिछानेको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट
काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद