Techie IT
२०८१ वैशाख २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिभ्रष्टाचार विरोधी फाइल खोल्ने काम सरकार र सत्ता टिकाउने खेल मात्र नबनोस्: सभापति लामिछाने

भ्रष्टाचार विरोधी फाइल खोल्ने काम सरकार र सत्ता टिकाउने खेल मात्र नबनोस्: सभापति लामिछाने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन् ।
बूढानीलकण्ठ नगरपालिकामा आज आयोजित रास्वपाको नगर भेलामा सभापति लामिछानेले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गरे । उनले भने, “हामी गाली र आलोचना ग्रहण गर्न तयार छौँ, सप्रिने र सच्चिने यसरी नै हो । तर मर्यादित र अनुशासित भएर टिप्पणी गर्दिनुहोस् । ”
सभापति लामिछानेले रास्वपाका सांसद तथा नेताका अभिव्यक्तिको गलत व्याख्या नगर्न सञ्चारकर्मीसँग आग्रह गरे । रास्वपा अन्य राजनीतिक दलको प्रभावमा नपरेको उल्लेख गर्दै  उनले जनताको मुद्दामा निःस्वार्थ र निःसर्त रुपमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
“सरकारले भ्रष्टाचार विरोधी फाइल खोल्ने काम सुरु गरेको छ । फाइल खोल्ने काम सरकार र सत्ता टिकाउने खेल मात्र नबनोस्”, सभापति लामिछानेले भने, “हरेक कालखण्डमा भएका भ्रष्टाचारका मुद्दा सक्न सरकार तयार भए रास्वपाले साथ दिन्छ ।”



ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पार्टी विभाजन भएपछि भ्रमण छोट्ट्याएर आज फर्किंदै उपेन्द्र यादव

काठमाडौँ । पार्टी विभाजन भएपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव विदेश भ्रमण छोट्याएर आज काठमाडौँ

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दैछ । पार्टीका अध्यक्ष माधवकुमार नेपालले दलको बैठक आह्वान गरेका हुन् ।

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

प्रधानमन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्दै सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूसित छलफल गर्ने भएका छन् । मंगलबार बिहान साढे ११

ब्राजिलमा बाढीको कारण ५५ जनाको मृत्यु, ७४ व्यक्ति बेपत्ता

काठमाडौँ । ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु भएको छ भने ७४ जना बेपत्ता भएका छन् ।

बाल्यकालको स्मृतिमा अनिलको गीत ‘सम्झ त्यो दिन’ सार्वजनिक

काठमाडौँ । बाल्यकालका स्मृतिलाई समेटेर गायक अनिल सिंह अधिकारीले ‘सम्झ त्यो दिन’ बोलको गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द,

Techie IT