Techie IT
२०८१ मंसीर १८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलभारत–पाकिस्तान खेलको मिति फेरिनसक्ने, दिल्लीमा बीसीसीआईको बैठक, केही घण्टामै निर्णय हुने

भारत–पाकिस्तान खेलको मिति फेरिनसक्ने, दिल्लीमा बीसीसीआईको बैठक, केही घण्टामै निर्णय हुने


एजेन्सी । विश्वकप २०२३ मा भारत र पाकिस्तानको भिडन्त कहिले ? यो करोडौं क्रिकेट फ्यानहरूको लागि ठूलो प्रश्न बनेको छ। आईसीसीले जुन २७ मा विश्वकपको तालिका सार्वजनिक गरेको थियो, जसअनुसार भारत र पाकिस्तानबीचको खेल अक्टोबर १५ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने भनिएको थियो । तर, अब खेलतालिका घोषणा भएको एक महिनापछि भारत–पाकिस्तान खेलको मिति नै परिवर्तनको चर्चा सुरु भएको छ ।

यो खेल अब १५ अक्टोबरको सट्टा १४ अक्टोबरमा हुन सक्ने बताइएको छ ।

यस विषयमा बिहीबार दिल्लीमा बीसीसीआईको ठूलो बैठक बस्दैछ ।

बीसीसीआईको यो बैठकमा के हुन्छ भन्ने ठूलो प्रश्न हो । उक्त बैठकमा भारत–पाकिस्तान खेलका बारेमा पनि छलफल हुने र त्यसपछि ठूलो निर्णय हुने बताइएको छ ।

अक्टोबर १४ मा न्युजिल्यान्ड र बंगलादेश, इंग्ल्याण्ड र अफगानिस्तानबीच पनि भिडन्त हुनेछ । यस्तो अवस्थामा भारत–पाकिस्तान खेल पनि अक्टोबर १४ मा हुने हो भने प्रशारण च्यानलमा पनि समस्या आउन सक्छ ।

यस खेलको समयतालिका परिवर्तन गर्दा पनि धेरै कुरा परिवर्तन गर्नुपर्ने हुन्छ । अर्थात् खेलाडीको होटल बुकिङदेखि उडान टिकटसम्म सबै परिवर्तन हुनेछ ।

यसबाट प्रसारकहरू मात्र नभई खेलाडीहरूलाई पनि समस्या हुनेछ । हजारौं फ्यानहरूले विश्वकपको तालिका घोषणासँगै भारत–पाकिस्तान खेलको टिकट बुक गरिसकेका छन् ।

यससँगै अहमदाबादका प्रत्येक होटल पनि बुक गरिएको छ।

अब म्याचको मिति परिवर्तन भयो भने धेरै फ्यानहरुले नोक्सानी भोग्नुपर्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एनपीएलमा चितवनको दोस्रो जीत, पोखरा ८७ रनले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको छ । चितवनले दिएको १ सय

विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम विजयी

काठमाडौं । सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्स विरुद्ध सानदार जीत निकाल्दै नेपाल प्रिमियर लिगमा सुखद शुरुआत गरेको छ । सुदूरपश्चिमले दिएको

यू–१९ एशिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दै

काठमाडाैँ । १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ । यूएईमा हुने यो खेल नेपाली समयअनुसार

कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान

एनपीएलः चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई हरायो

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा चितवन राइनोजले काठमाडाैँ गुर्खाजलाई ५ विकेटले हराएको छ । कीर्तिपुरकाे त्रिवि क्रिकेट

एनपीएलमा काठमाडौँ गुर्खाजविरुद्ध चितवन राइनोज र जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स…

काठमाडौँ । शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा काठमाडौँ गुर्खाज र

Techie IT