Techie IT
२०८० जेठ १८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलआईपीएलः फाइनल पुग्नका लागि मुम्बई र गुजरात भिड्दै

आईपीएलः फाइनल पुग्नका लागि मुम्बई र गुजरात भिड्दै


एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज शुक्रबार मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच क्वालिफायर–२ खेल हुँदैछ । खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ ।

विजेता टोलीले आइतबार महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्ससँग फाइनल खेल्नेछ भने हार्ने टोलीको यात्रा यहीँ समाप्त हुनेछ । प्लेअफमा दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।

मुम्बई इन्डियन्स लिग चरणपछि अंक तालिकामा चौथो स्थानमा रह्यो । टोलीले १४ खेलबाट ८ जित र ६ हारसहित १६ अंक जोडेको थियो । रोहित शर्माको कप्तानीमा रहेको टोलीले एलिमिनेटरमा लखनउ सुपरजायन्ट्सलाई ८१ रनले पराजित गर्दै क्वालिफायर २ मा प्रवेश गरेको हो । मुम्बई १०औं पटक प्लेअफमा पुगेको छ । साथै उसले प्रतियोगिताको शीर्ष ४ चरणमा अहिलेसम्म १९ खेल खेलेको छ । जसमा मुम्बईले १३ मा जित र ६ मा मात्र हार बेहोरेको छ ।

गुजरातविरुद्धको टोलीका ४ विदेशी खेलाडी क्यामरुन ग्रीन, जेसन बेहरेनडर्फ, टिम डेभिड र क्रिस जोर्डन हुन सक्छन् । यसबाहेक ब्याटिङ पिच हेर्दा अलराउन्डर ऋतिक शोकिनको स्थानमा स्पिनर विशेषज्ञ कुमार कार्तिकेयलाई मौका मिल्न सक्छ ।

साविक विजेता गुजरात टाइटन्स लिग चरणको शीर्ष स्थानमा रहेको थियो । उसले १४ खेलमा १० जित र ४ हारबाट २० अंक बनाएको थियो । तर, क्वालिफायर–१ मा टोलीले चेन्नई सुपर किंग्ससँग हार बेहोरेको थियो । जसका कारण गुजरातले फाइनलमा पुग्ने दोस्रो मौका पाएको हो । गुजरातले घरेलु मैदानको फाइदा उठाउन सक्छ । यहाँ उसले अहिलेसम्म ८ खेल खेलेको छ जसमध्ये ५ खेलमा जित निकालेको छ ।

मुम्बई विरुद्ध जीटीका ४ विदेशी खेलाडी राशिद खान, नूर अहमद, डेभिड मिलर, दासुन शानाका अथवा अल्जारी जोसेफ हुन सक्छन् । गुजरातले दर्शन नल्कांडेको स्थानमा शिवम मावी वा अभिनव मनोहरलाई मौका दिन सक्छ भने शनाकाको स्थानमा जोसेफलाई मौका दिन सक्छ ।

मुम्बई इन्डियन्सले आफ्नो १०औं प्लेअफमा चौथो पटक क्वालिफायर–२ खेल्दैछ । साथै मुम्बईले पछिल्लो तीन पटक क्वालिफायर–२ मा प्रवेश गरेको थियो । जसमा मुम्बईले २ जित र १ मा हार बेहोरेको थियो । यो हार सन् २०११ मा रोयल च्यालेन्जर्स बैंग्लोरसँग भएको थियो । २०१२ देखि टोलीले २ क्वालिफायर–२ खेल्यो र दुबै जित्यो । २०१३ मा मुम्बईले राजस्थान रोयल्स र २०१७ मा कोलकाता नाइट राइडर्सलाई हराएको थियो ।

अर्कोतर्फ, गत वर्ष आईपीएलमा सामेल भएपछि गुजरातले पहिलो पटक क्वालिफायर–२ खेल्नेछ । गत सिजन टोलीले क्वालिफायर–१ र फाइनल जितेर ट्रफी उचालेको थियो ।

यी दुई टोली पहिलो पटक प्लेअफमा आमनेसामने हुनेछन्, तर प्रतियोगिताको लिग चरणमा यी दुई टोली अहिलेसम्म तीन पटक भिडेका छन् । जसमा मुम्बईले दुई पटक जितेको छ भने गुजरातले एक पटक जितेको छ । यस सिजनमा दुवैले २ खेल खेलेका थिए जसमा दुवै टोलीले एक–एक खेल जितेका थिए । अहमदाबादमा भएको खेल भने गुजरातले जितेको थियो ।

अहमदाबादको पिच हाई स्कोरिङ भएकोले यहाँ टस जितेर टिमहरू पहिले बलिङ गर्न चाहन्छन् । स्पिनरभन्दा पेसरले धेरै विकेट लिन्छन् । शुक्रबार मौसम न्यानो रहनेछ । पानी पर्ने सम्भावना छैन । राति ९ बजेपछि शीत पर्न सक्ने सम्भावना रहेको अवस्थामा टोलीलाई ब्याटिङमा सहजता आउन सक्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘ए’ डिभिजन फुटबल लिगमा आज तीन खेल हुँदै

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिगमा आज तीन खेल हुँदै छन्। आजका दुई खेलहरु दशरथ रंगशाला र एक खेल

सेभियाले जित्यो युरोपा लिगको उपाधि

एजेन्सी । इटालियन क्लब रोमालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियाले जित्न सफल भएको छ ।

ह्यारी केनलाई अनुबन्ध गर्ने तयारीमा म्यानचेस्टर युनाइटेड !

एजेन्सी । यस सिजनको प्रिमियर लिग सकिएसँगै क्लबहरु नयाँ सिजनका लागि तयारीमा जुटेका छन् । नयाँ खेलाडीहरु अनुबन्ध गर्ने दौडमा

साफ च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । असारमा हुने साफ च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । मंगलबार नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो

सहिद स्मारक ए डिभिजन लिग फुटबल: जाउलाखेल विजयी

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ

टि–२० महिला क्रिकेटः नेपालद्वारा मलेसिया पराजित

काठमाडौँ । मलेसियामा जारी टि–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले

Techie IT