Techie IT
२०८० असोज ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलआईपीएल उपाधिका लागि चेन्नई र गुजरात भिड्दै

आईपीएल उपाधिका लागि चेन्नई र गुजरात भिड्दै


एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को आज समापन हुँदैछ । उपाधिका लागि चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स भिड्दैछन् । खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

लिग इतिहासमा पहिलो पटक दुवै टोली फाइनलमा भिड्दैछन् । गुजरातको यो दोस्रो सिजन मात्र हो, गत वर्ष टोली च्याम्पियन बनेको थियो तर चेन्नई भने समूह चरणबाटै बाहिरिएको थियो ।

नरेन्द्र मोदी स्टेडियम गुजरातको घरेलु मैदान हो । यस खेलमा गुजरातले अहिलेसम्म नौ खेल खेलेको छ जसमा उसले छ जित र तीन हार बेहोरेको छ । अर्कोतर्फ चेन्नईले यस मैदानमा अहिलेसम्म तीन खेल खेलेको छ र तीनवटै हार बेहोरेको छ । नरेन्द्र मोदी स्टेडियम पहिले सरदार पटेल स्टेडियम, मोटेरा भनेर चिनिन्थ्यो ।

गत आईपीएल सिजनमा लखनऊ र गुजरातबाट २ नयाँ टोली थपिएका थिए । दुवै प्लेअफमा पुगेपनि गुजरातले उपाधि जितेर सबैलाई चकित बनाएको थियो । यसपटक पनि करिब सोही खेलाडीसहित टोली प्रतियोगितामा प्रवेश गरेको छ । हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात उपाधि रक्षा गर्न दबाबमा रहनेछ । टोलीले यो सिजन हालसम्म कुल १६ खेल खेलेको छ (लिग चरण र प्लेअफ), जसमा उसले ११ जित र पाँचमा हार बेहोरेको छ ।

चेन्नईविरुद्धको टोलीका ४ विदेशी खेलाडी डेभिड मिलर, राशिद खान, नूर अहमद र जोशुआ लिटल हुन सक्छन् । यी बाहेक मोहम्मद शामी, शुभमन गिल र हार्दिक पाण्ड्याजस्ता खेलाडी उत्कृष्ट लयमा छन् ।

चेन्नईका लागि धोनीको सबैभन्दा ठूलो चुनौती तीन शतक र ८५१ रन बनाएका शुभमन गिलको ब्याटमा अंकुश लगाउनु हुनेछ । साथै मोहम्मद शामी (२८ विकेट), राशिद खान (२७ विकेट) र मोहित शर्मा (२४ विकेट)ले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका छन् । गिल बाहेक पाण्ड्याले पनि ब्याटिङमा ३२५ रन बनाएका छन् ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स प्रतियोगिताको सबैभन्दा सफल टोली मध्ये एक हो । टोलीले प्रतियोगितामा मुम्बई (पाँच उपाधि) पछि सबैभन्दा बढी चार पटक उपाधि जितेको छ । १४ सिजन मध्ये१२ पटक प्लेअफ पुगेको चेन्नई १० औं पटक फाइनल खेल्दैछ ।

चेन्नईले यो सिजन हालसम्म खेलेका १५ खेल (लिग चरण र प्लेअफ) मध्ये ९ जित र पाँचमा हार बेहोरेको छ । साथै एक खेल वर्षाका कारण रद्द भएको थियो । गुजरातविरुद्ध डेभन कोनवे, मोइन अली, महिश तीक्षाना र मथिशा पथिराना टोलीका ४ विदेशी खेलाडी हुन सक्छन् ।

यस सिजन चेन्नईका लागि कोनवेले १३ खेलमा ६२५ रन, ऋतुराज गायकवाडले ५६४ रन र अजिंक्य रहाणेले २९९ रन बनाएका छन् भने शिवम दुबेले ३८६ रन बनाएका छन् । यस आईपीएलमा दुबेले ३३ छक्का प्रहार गरेका छन् । बलिङमा पथिरानाले १७ र देशपाण्डेले २१ विकेट लिएका छन् ।

हेड टु हेडको कुरा गर्ने हो भने दुई टोलीबीच हालसम्म जम्मा चार खेल भएका छन् जसमा गुजरातले तीन पटक र चेन्नईले एक पटक जित हात पारेको छ ।

नरेन्द्र मोदी स्टेडियमको पिचले ब्याट्सम्यानलाई धेरै सहयोग गर्छ । चेन्नईको एमए चिदम्बरम स्टेडियमभन्दा यहाँ बिल्कुल उल्टो वातावरण हुनेछ । यदि फास्ट बलरहरूको लागि गति र बाउन्स हुन्छ भने, आउटफिल्ड पनि छिटो हुनेछ । यो पिचमा स्पिन बलरलाई निकै समस्या छ । साँझमा शीतले पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

यो सिजन नरेन्द्र मोदी मैदानमा कुल आठ खेल खेलिएका छन्, जसमा गुजरातले पाँच जित र तीन हार बेहोरेको छ । यहाँ पहिले ब्याटिङ गर्ने टोलीले पाँच पटक जितेको छ भने पछ्याउने टोलीले तीन पटक जितेको छ । यस मैदानमा गुजरात र चेन्नईबीच एउटा मात्र खेल भएको छ, जसमा गुजरात विजयी भएको छ ।

आइतबार अहमदाबादमा बादल लाग्नेछ, दिउँसो हावा चल्ने छ । वर्षाको सम्भावना छैन । तापक्रम २७ देखि ३९ डिग्री सेल्सियसको बीचमा रहनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आर्सनल र टोटेनहमले अंक बाँडे

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनल र टोटेनहमले बराबरी खेलेका छन् । भर्खरै सम्पन्न ‘नर्थ लण्डन डर्बी’मा दुबै

अन्तरबैंक महिला फुटसल प्रतियोगिता २०८० को उपाधी ग्लोबल आइएमई बैंकलाई

काठमाडौँ। नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८० को महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ।

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज सुनुवाइको पेसी

एसियाडः पहिलो स्वर्ण चीनको खातामा

एजेन्सी । आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ । महिला डुङ्गा दौडमा चीनले पहिलो स्वर्ण

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले चीनको हाङ्जाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिन जाने नेपाली क्रिकेट टोलीलाई सफलताको

१९औँ एसियाली खेलकुदः टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट…

हाङ्जाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरिएको छ । नेपालको पुरुष र

Techie IT