गृहपृष्ठ ∕ खेल ∕ अग्रता उल्ट्याउँदै म्यान्चेस्टर युनाइटेड विजयीअग्रता उल्ट्याउँदै म्यान्चेस्टर युनाइटेड विजयी नेपालीपत्र आईतबार, २०८० भदौ १० गते, ०५:४४ मा प्रकाशित खेल एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले रोमाञ्चक जित निकालेको छ ।गएराति भएको खेलमा युनाइटेडले नटिङहम फरेस्टलाई ३–२ गोलले पराजित गरेको हो । २ गोलले पछि परेको अवस्थामा युनाइटेड कमब्याक गर्दै विजयी बन्यो । खेलको चार मिनेटको अन्तरालमा युनाइटेडले दुई गोल खान पुग्यो ।दोस्रो मिनेटमा ताइओ एओनीईले तथा चौंथो मिनेटमा विली बोलीले गोल गर्दै नटिङहमलाई दुई गोलको अग्रता दिदलाएका थिए । तर, खेलको १७ औं मिनेटमा क्रिस्टियन एरिक्सन, ५२ औं मिनेटमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई २–२ गोलको बराबरीमा ल्याए ।यस्तै, ७६ औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ३–२ गोलले जित दिलाए । यो नतिजासँगै युनाइटेड ३ खेलबाट ६ अंकका साथ तालिकाको छैटौं स्थानमा छ । नटिङहम समान खेलबाट ३ अंकका साथ १४ औं स्थानमा छ । #प्रिमियर लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जितकाठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्टकाठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुनेकाठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपाल सेमिफाइनलमा प्रवेशकाठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छधेरै पढिएका खबर १ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते २ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ३ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ४ आफैँ सहभागी ओली सरकारका कामप्रति कांग्रेस असन्तुष्ट ५ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ६ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव ७ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा मागThe Film Nepal