Techie IT
२०८० मंसीर २१, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाल पाकिस्तानसँग पराजित

नेपाल पाकिस्तानसँग पराजित


काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ च्याम्पियनसीपअन्तर्गत आज भएको खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई १–० गोलअन्तरले पराजित गरेको हो ।

पाकिस्तानको जितमा अली जफरले गोल गरे । उनले खेलको ७६औँ मिनेटमा गरेको एक गोल नै पाकिस्तानको लागि निर्णायक गोल सावित भयो । जफरले करिब ३० यार्डबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो ।

खेल अवधिभर नेपालको प्रदर्शन भने फिलतो रहेको थियो । अब पाकिस्तानले शनिबार माल्दिभ्ससँग खेल्नेछ । त्यस्तै नेपालले भने सोमबार माल्दिभ्सकै सामना गर्नेछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स रहेको छ । त्यस्तै समूह ‘बी’मा भारत, बङ्गलादेश र भुटान रहेको छ । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बुटवल र चितवनको बरबराबरी

काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र चितवन एएफसीबीचको खेल बराबरीमा टुङ्गिएको

एनएसएलमा आज चितवन र बुटवल भिड्दै

काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल)मा आज एफसी चितवन र एफसी बुटवल–लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे

प्रिमियर लिगः म्याचेस्टर युनाइटेडद्वारा चेल्सी पराजित

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा चेल्सी म्याचेस्टर युनाइटेडसँग पराजित भएको छ । म्यानुले चेल्सीलाई २-१ गोलले पराजित गरेको हो

लिभरपुलको सहज जित

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा लिभरपुलले सेफिल्ड युनाइटेडविरुद्ध सहज जित निकालेको छ । लिभरपुलले सेफिल्डलाई २-० गोलले पराजित गरेको

प्रिमियर लिग: म्यानचेस्टर सिटीलाई नमिठो झट्का

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई एस्टन भिल्लाले १-० गोलले पराजित गरेको छ । एस्टन भिल्लाको घरेलु मैदानमा

प्रिती र दीपाले ‘आई लिग’ खेल्ने

काठमाडौँ। नेपाली राष्ट्रिय महिला टिमका खेलाडीद्वय प्रिती राई र फरवार्ड दिपा शाहीले भारतमा व्यवसायिक फुटबल खेल्ने भएका हुन्। मिडफिल्डर राई

Techie IT