Techie IT
२०८१ वैशाख २०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलमहिला फुटबलमा नेपाल जापानसँग ८–० गोलअन्तरले पराजित

महिला फुटबलमा नेपाल जापानसँग ८–० गोलअन्तरले पराजित


हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपाल जापानसित पराजित भएको छ । सोमबार साँझ भएको खेलमा नेपाल जापानसित ८–० गोलअन्तरले पराजित भएको हो ।

जापानसित पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेलेको हो । समूह डी मा रहेको नेपालको यो लगातार दोस्रो पराजय हो । जापानले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो । खेलको १३औँ मिनेटमा जापानले दोस्रो गोल गरेको थियो । यस्तै खेलको २७औँ मिनेटमा जापानका लागि मेमी युनोले तेस्रो गोल गरिन् ।

यस्तै खेलको ३०औँ मिनेटमा जापानकी रेइना वाकिसाकाले चौथो गोल गरिन् । खेलको ३६ औँ मिनेटमा जापानकी हाकुरा ओसावाले गोल गर्दै जापानलाई ५–० गोलको फराकिलो अग्रता दिलाइन् ।

जापानले दोस्रो हाफमा नेपालविरुद्ध थप तीन गोल गरेको थियो । खेलको ५८ औँ मिनेटमा जापानका लागि कोटोनो साकाकीबराले छैटौँँ गोल गरिन् । यस्तै खेलको ७४ औँ मिनेटमा ओसावाले व्यक्तिगत दोस्रो गोल गर्दै जापानलाई ७–० गोलको अवस्थामा पुर्याइन । यसैगरी खेलको इन्जुरी समयमा जापानका लागि हाजिकाताले गोल गर्दै आफ्नो टोलीलाई ८–० गोलअन्तरको जित दिलाइन् । जापानले पहिलो खेलमा बंगलादेशलाई पनि ८–० गोलअन्तरले पराजित गरेको थियो ।

यसअघि समूह चरणको पहिलो खेलमा शुक्रबार नेपाल भियतनामसित पराजित भएको थियो । नेपाल भियतनामसित २–० गोल अन्तरले पराजित भएको थियो । नेपालले पहिलो हाफमा भियतनामलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने दुई गोल खान पुगेको थियो ।

समूह डी मा रहेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ । लगातार दोस्रो जितपछि जापान ६ अंक जोडेर समूह डी को शीर्ष स्थानमा छ । यस्तै भियतनाम दोस्रो स्थानमा तथा बंगलादेश अंक तालिकाको पुछारमा रहेको छ ।

नेपालले समूह चरणको अन्तिम खेल यही असोज ११ गते बंगलादेशसित खेल्ने छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि इङ्ग्ल्यान्ड जाँदै

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का

काठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिकाबीच फुटबल प्रतिस्पर्धा हुँदै

काठमाडौँ । उपत्यकाव्यापी अन्तरपालिका मेयर कप फुटबल प्रतियोगितामा काठमाडौँ महानगरपालिकाबाट खेल्ने खेलाडीलाई प्रमुख बालेन्द्र शाह (बालेन) ले उच्च मनोबलका साथ

लुम्बिनीले जित्यो राष्ट्रिय टी–२० क्रिकेटको उपाधि

काठमाडौँ । वीर गणेशमान सिंह राष्ट्रिय टी– २० क्रिकेटको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । सोमबार भएको फाइनल खेलमा लुम्बिनीले

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १० रनले पराजित गरेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध ब्याटिङ

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियाे १६१ रनकाे लक्ष्य

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा

नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको

Techie IT