Techie IT
२०८१ वैशाख २०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपालको टि२० इतिहासकै फराकिलो जित

नेपालको टि२० इतिहासकै फराकिलो जित


काठमाडौं । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा आज मङगोलियासित कीर्तिमानी जित निकालेको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले मङ्गोलियालाई दुई सय ७३ रनले पराजित गरेको हो । पुरुष क्रिकेटमा नेपालको यही नै अहिलेसम्मको ठूलो जित हो ।

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा मङ्गोलियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर तीन सय १४ रन बनायो । नेपालले दिएको तीन सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३ दशमलव एक ओभरमा ४१ रनमै अलआउट भयो। उसका लागि जम्यासुरेनले १० रन जोड्नु बाहेक अरु ब्याटरले सम्झिनलायक ब्याटिङ गर्न सकेनन् ।

बलिङतर्फ नेपालका करण केसी, अभिनास बोहरा र सन्दीप लामिछानेले दुई दुई तथा सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए।

यसअघि मंगोलियाविरुद्ध ब्याटिङ गर्ने क्रममा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी ब्याटिङ गरे । कुशल मल्लले ३४ बलमै शतक प्रहार गर्दै अर्को विश्व कीर्तिमान बनाए। यसअघि सर्वाधिक छिटो शतकको कीर्तिमान दक्षिण अफ्रिकाका डेभिड मिलर, चेक रिपब्लिकका सुदेश विक्रमाशेखर र भारतका रोहित शर्माले बनाएका थिए। उनीहरुले ३५ बलमै शतक बनाएका थिए ।

दीपेन्द्रसिंह ऐरीले मात्र नौ बलमा अर्धशतक बनाएर अर्को विश्व कीर्तिमान बनाए। यसअघि भारतका युवराज सिहले १२ बलमा अर्धशतक बनाएका थिए । कुशल मल्लले ५० बलमा अविजित एक सय ३७ रन तथा ऐरीले १० बलमा अविजित ५२ रन बनाए । मल्लले यस क्रममा १२ छक्का र आठ चौका तथा ऐरीले आठ छक्का प्रहार गरे । यस्तै कप्तान रोहितकुमार पौडेलले २७ बलमा ६१, कुशल भुर्तेलले २३ बलमा १९ तथा आसिफ शेखले १७ बलमा १६ रन बनाए ।

नेपालले समूह चरणको अर्को खेल माल्दिभ्ससित खेल्नेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि इङ्ग्ल्यान्ड जाँदै

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का

काठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिकाबीच फुटबल प्रतिस्पर्धा हुँदै

काठमाडौँ । उपत्यकाव्यापी अन्तरपालिका मेयर कप फुटबल प्रतियोगितामा काठमाडौँ महानगरपालिकाबाट खेल्ने खेलाडीलाई प्रमुख बालेन्द्र शाह (बालेन) ले उच्च मनोबलका साथ

लुम्बिनीले जित्यो राष्ट्रिय टी–२० क्रिकेटको उपाधि

काठमाडौँ । वीर गणेशमान सिंह राष्ट्रिय टी– २० क्रिकेटको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । सोमबार भएको फाइनल खेलमा लुम्बिनीले

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १० रनले पराजित गरेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध ब्याटिङ

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियाे १६१ रनकाे लक्ष्य

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा

नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको

Techie IT