Techie IT
२०८१ मंसीर १६, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलचेन्नईलाई फाइनल जित्न २१५ रनको लक्ष्य

चेन्नईलाई फाइनल जित्न २१५ रनको लक्ष्य


एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिका लागि गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा जारी छ ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा गुजरातले चेन्नईलाई २१५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ थालेको गुजरातले २० ओभरमा ४ विकेटको क्षतिमा २१४ रन जोडेको हो ।

गुजरातका लागि साई सुदर्शनले बिष्फोटक पारी खेले । उनले ४७ बलमा ९६ रन जोडे । उनको ब्याटबाट ६ छक्का र ८ चौका प्रहार भयो । यस्तै, ऋद्धिमान साहाले ३९ बलमा ५४, शुभमन गिलले २० बलमा ३९ रन जोड्दा हार्दिक पाण्ड्या १२ बलमा २१ रनमा अविजित रहे ।

चेन्नईका लागि बलिङतर्फ मथिशा पथिरानाले दुई तथा रविन्द्र जडेजा र दीपक चाहरले एक–एक विकेट लिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डिशहोम गो एपमा पनि एनपीएल-२०२४ को स्ट्रिमिङ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ । यो साझेदारीअन्तर्गत डिशहोमले नेपालका

पाकिस्तानका सोहिल तानभिर चितवन राइनोजमा अनुबन्धित

काठमाडाैँ । भोलिदेखि शुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि चितवन राइनोजले पाकिस्तानका सोहिल तानभिरलाई अनुबन्ध गरेको छ ।

एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न ओमनका पूर्वकप्तान जिशान मक्सुद नेपाल आइपुगेका छन् । कर्णाली याक्समा अनुबन्ध भएका मक्सुद

पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्याण्ड जाँदै

काठमाडाैँ । इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिपमा सहभागी हुन ४ खेलाडीसहित छ सदस्यीय नेपाली टोली आज थाइल्याण्ड जाँदै छ

एनपीएलको उद्घाटन खेलका सबै टिकट ‘सोल्ड आउट’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १५ गतेदेखि शुरु हुँदैछ । एनपीएलको उद्घाटन खेलका लागि १२ हजार टिकट ‘सोल्ड

एनपीएलको ट्रफी अनावरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरेका छन्। धरहरा परिसरमा आज बिहान आयोजित

Techie IT