गृहपृष्ठ ∕ खेल ∕ लाइप्जिगसँग हारबाट जोगियो बायर्नलाइप्जिगसँग हारबाट जोगियो बायर्न नेपालीपत्र आईतबार, २०८० असोज १४ गते, ०९:४३ मा प्रकाशित खेल एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले बराबरी खेलेको छ । गएराति भएको खेलमा बायर्नले आरबी लाइप्जिगसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।लाइप्जिगको घरेलु मैदानमा भएको खेलमा बायर्न पहिलो हाफमा २–० गोलले पछि परेको थियो । खेलको २० औं मिनेटमा लोइस ओपेन्डाले गोल गर्दै लाईप्जिगलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, २६ औं मिनेटमा कास्टेलो लुकेवाले गोल गर्दै लाइप्जिगको अग्रता दोब्बर पारे ।दोस्रो हाफमा बायर्न खेलमा फर्कियो । ५७ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै बायर्नको अग्रता १–२ मा झारे । ७० औं मिनेटमा लेरोइ सानेले गोल गर्दै बायर्नलाई २–२ को बराबरीमा ल्याउँदै हारबाट जोगाए ।यो नतिजासँगै बायर्न ६ खेलबाट १४ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा समान खेलबाट १३ अंक जोडेको लाइप्जिग पाँचौं स्थानमा छ । #बुन्डेसलिगाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ…काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्काठमाडाैँ । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ नेपाल एएफसी महिला एसियन कप फुटबलमा छनोट हुन असफलकाठमाडौं । घरेलु टिम उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार राति एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्नेकाठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जितकाठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्टकाठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टरधेरै पढिएका खबर १ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा २ एन्फा कप फुटबल प्रतियोगिता नहुने ३ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव ४ संसारकोट दरबारको पुनःनिर्माण गरिँदै ५ एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जित ६ नेपाल सेमिफाइनलमा प्रवेश ७ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुनेThe Film Nepal