Techie IT
२०८२ असार २६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलपाल्पामा खुल्ला क्रिकेट प्रतियोगिता

पाल्पामा खुल्ला क्रिकेट प्रतियोगिता


काठमाडौँ। ख्याहा पाल्पा काठमाडौँ समाज नेपालको आयोजनामा वृहत खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गरिने भएको छ। हिन्दु नेपालीहरुको महान पर्व बिजया दशमीको अवसरमा पाल्पाको ख्याहामा कार्तिक ८ गतेदेखी वृहत खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागिएको ख्याहा पाल्पा काठमाडौ समाज नेपालका सचिव कमल पाण्डेले जानकारी दिए।

सचिव कमल पाण्डेका अनुसार भदौ २५ गते बसेको समाजको पुर्ण बैठकले कात्तिक ८ गतेदेखि १० गतेसम्म खुल्ला क्रिकेट प्रतियोगिता गर्ने निर्णय गरेको हो।

खुल्ला क्रिकेट प्रतियोगिता रिब्दिकोट गा. पा. – १ ख्याहा कराम्दीको खेल मैदानमा हुने आयोजकले जनाएको छ। जसमा प्रथम हुनेलाई ५१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने टिमलाई २१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

समाजले बेला बेलामा विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम, निस्शुल्क स्वास्थ शिबिर, रक्तदान, लगायतका सामाजिक काम गर्दै आएर सर्वत्र वाहवाही बटुल्दै आएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ…

काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)

आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्

काठमाडाैँ । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ

नेपाल एएफसी महिला एसियन कप फुटबलमा छनोट हुन असफल

काठमाडौं । घरेलु टिम उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार राति

एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्ने

काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा

एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जित

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर

Techie IT