Techie IT
२०८० मंसीर १९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलआइसिसी विश्वकप क्रिकेट: पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले हरायो

आइसिसी विश्वकप क्रिकेट: पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले हरायो


काठमाडौं । आइसिसी विश्वकप क्रिकेट–२०२३ अन्तर्गत भारतको हैदरावादमा शुक्रबार भएको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।

पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले पराजित गर्दै विजयी भएको हो । पाकिस्तानले दिएको २८७ रनको लक्ष्य नेदरल्यान्ड्स ४१ ओभरमा सबै विकेट गुमाउँदै २०५ रनमा समेटियो । नेदरल्यान्ड्सका लागि बास डि लिडले सर्वाधिक ६७ रनको योगदान दिए । उनले ६८ बल खेल्दै ६ चौका र दुई छक्काको मद्दतमा ६७ रनको योगदान दिएका हुन् ।

त्यस्तै विक्रमजित सिंहले ५२ रन बनाए । ६७ बल खेल्दै उनले चार चौका र एक छक्काको मद्दतमा ५२ रनको योगदान दिएका हुन् । त्यस्तै लोगान भान विकले अविजित २८ रन जोडे ।

बलिङतर्फ पाकिस्तानका हरिस राउफले तीन विकेट लिए । हसन अलिले दुई विकेट लिए भने शाहिन शाह अफ्रिदी, सादव खान तथा मोहम्मद नवाजले समान एक÷एक विकेट झारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा सबै विकेट गुमाउँदै २८६ रनको योगफल बनाएको थियो । पाकिस्तानका विकेट किपर मोहम्मद रिजवान र साउद सकिलले सर्वाधिक समान ६८ रनको योगदान दिए । रिजवानले ७५ बलमा आठ चौका प्रहार गर्दै ६८ रन बनाएका हुन् । त्यस्तै सकिलले ५२ बलमा नौ चौका र एक छक्काको मद्दतमा ६८ रन जोडे ।

त्यस्तै मोहम्मद नवाज ३९ रन जोडे भने शादब खानले ३२, हरिस रौफले १६, इमाम उल हकले १५, शाहिन शाह अफ्रिदीले १३ रन बनाए । त्यस्तै कप्तान बाबर आजमले पाँच रन जोडे ।

बलिङतर्फ नेदरल्यान्ड्सका बास डि लिडले चार विकेट लिए भने कोलिन एकरम्यानले दुई विकेट लिए । त्यस्तै अर्यान दत्त, लोगन भान विक र पाउल भान मार्केनले समान एकरएक विकेट लिए ।

विश्वकपअन्तर्गत आज दुई खेल हुनेछन् । जसमा पहिलो खेलमा बङ्गलादेश र अफगानिस्तानबीच खेल हुनेछ । त्यस्तै दोस्रो खेलमा दक्षिण अफ्रिका र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल सुपर लिगमा आज ललितपुर र वीरगञ्ज खेल्दै

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज मंगलबार ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेड एफसीबीच खेल हुँदैछ । दुई

अङ्ग्रेजी नयाँ वर्षमा फेवा किनारमा ‘पोखरा कप अन्तर क्लब’ भलिबल

कास्की । पर्यटकीय सहर पोखराको फेवाताल किनारमा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर ‘पोखरा कप अन्तर क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता’ सञ्चालनको

काठमाडौँ र झापाले बराबरी खेले

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)फुटबल प्रतियोगिताअन्तर्गत काठमाडौँ रेजर्स फुटबल क्लब र झापा फुटबल क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित

राष्ट्रिय टिमकी गोलकिपर अन्जनाले गरिन् बिहे

काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अन्जना रानामगरले बिहे गरेकी छिन्। अन्जनाले सोमबार भक्तपुर निवासी अविरल लामासँग विवाह गरेकी

आईपीएल अक्सनः पहिलोपटक भारत बाहिर खेलाडीमाथि बोली लगाइँदै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२४ को अक्सनको मिति र स्थान आधिकारिक रूपमा घोषणा गरिएको छ । पहिलो पटक आईपीएलको

नेपाल सुपर लिगमा आज झापा एफसी र काठमाडौँ रेजर्स भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) मा आज झापा एफसी र काठमाडौँ रेजर्सले प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको खेल

Techie IT