Techie IT
२०८० मंसीर १८, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलशुभमन गिल भारतीय टोलीसँग दिल्ली नजाने

शुभमन गिल भारतीय टोलीसँग दिल्ली नजाने


एजेन्सी । आईसीसी विश्वकप २०२३ मा अष्ट्रेलियाविरुद्धको पहिलो खेल गुमाएका भारतीय ब्याट्सम्यान शुभमन गिलको स्वास्थ्यमा ठूलो अपडेट आएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले गिल भारतीय टोलीसँग दिल्ली नजाने र चेन्नईमा मात्रै रहने बताएको छ ।

बोर्डले बुधबार अफगानिस्तानविरुद्धको खेलमा युवा ओपनिङ ब्याट्सम्यान उपलब्ध नहुने पनि जनाएको छ ।

बीसीसीआईले सामाजिक सञ्जाल एक्समा शुभमन गिलको स्वास्थ्यसँग सम्बन्धित अपडेट सेयर गरेको छ । बोर्डले गिल हालसम्म निको नभएको र उनी चेन्नईमा मात्रै बस्ने बताएको छ । गिल चेन्नईमा मेडिकल टोलीको निगरानीमा रहनेछन् ।

यससँगै भारतीय ब्याट्सम्यानले अक्टोबर ११ मा अफगानिस्तानविरुद्धको खेल पनि गुमाउने छन् । बोर्डका अनुसार गिल अक्टोबर ९ मा टीम इण्डियासँग चेन्नईबाट दिल्ली जाने छैनन् ।

आईसीसी विश्वकप २०२३ मा अष्ट्रेलियाविरुद्धको खेलअघि शुभमन गिललाई डेंगुले सताएको थियो । गिलको डेंगु परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनले प्रतियोगिताको पहिलो खेल गुमाउनु परेको थियो । शुभमन गिल लगातार दोस्रो खेलबाट बाहिर हुनु पक्कै पनि भारतीय टोलीका लागि नराम्रो खबर हो । गिल अक्टोबर १४ मा पाकिस्तानविरुद्ध मैदान उत्रने कि उत्रँदैनन्, त्यो पनि रोचक हुनेछ ।

गिलले सन् २०२३ मा एकदिवसीय क्रिकेटमा राम्रो प्रदर्शन गरेका छन् । उनले मात्र २० ओडीआईमा १२३० रन बनाएका छन्, जसले गर्दा उनी यस वर्ष यो ढाँचामा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । शुभमन गिलले यो वर्ष पाँच शतक र पाँचै अर्धशतक बनाएका छन् ।

शुभमन गिलको स्थानमा इशान किशनलाई अष्ट्रेलियाविरुद्धको प्लेइङ इलेभेनमा मौका दिइएको थियो । तर, इशान विश्वकपको डेब्यु खेलमा नराम्ररी फ्लप भए । अष्ट्रेलियन बलर मिचेल स्टार्कको आउटगोइंग बलमा इशान गोल्डेन डकमा पेभिलियन फर्किएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रिय टिमकी गोलकिपर अन्जनाले गरिन् बिहे

काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अन्जना रानामगरले बिहे गरेकी छिन्। अन्जनाले सोमबार भक्तपुर निवासी अविरल लामासँग विवाह गरेकी

आईपीएल अक्सनः पहिलोपटक भारत बाहिर खेलाडीमाथि बोली लगाइँदै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२४ को अक्सनको मिति र स्थान आधिकारिक रूपमा घोषणा गरिएको छ । पहिलो पटक आईपीएलको

नेपाल सुपर लिगमा आज झापा एफसी र काठमाडौँ रेजर्स भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) मा आज झापा एफसी र काठमाडौँ रेजर्सले प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको खेल

फेलिक्सको गोलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई हरायो

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–०

लिभरपुलले फुलहमलाई ४–३ गोलले हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले फुलहमलाई ४–३ गोलले

पाँचौं खेलमा अस्ट्रेलियालाई ६ रनले हराउँदै भारतले टी–२० सिरिज ४–१…

एजेन्सी । पाँचौं टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ६ रनले पराजित गरेको छ । बैंगलोरमा भएको खेलमा भारतका अर्शदीप सिंहले अन्तिम

Techie IT