गृहपृष्ठ ∕ खेल ∕ सावित्रा भण्डारी इजरायलबाट आज स्वदेश फर्किँदैसावित्रा भण्डारी इजरायलबाट आज स्वदेश फर्किँदै नेपालीपत्र बुधबार, २०८० असोज २४ गते, ०९:४६ मा प्रकाशित खेल काठमाडौँ । इजरायलमा व्यवसायिक फुटबल खेल्दै आएकी नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ आज (बुधबार) स्वदेश फर्कँदै छिन् ।प्यालेस्टाइनी विद्रोही समूह हमासको हमलाका कारण इजरायलमा शनिबारदेखि हिंसाग्रस्त भएपछि त्यहाँका सबै फुटबल गतिविधि स्थगित भएका छन् । सोही कारण साम्बा स्वदेश फर्कने भएकी हुन् ।इजरायलबाट मंगलबार राती उडेकी उनी थाइल्यान्डको बैंकक हुँदै बुधबार राती स्वदेश आइपुग्नेछिन् । साम्बा रहने क्षेत्र रानानामा तुलानात्मक रुपमा शान्त भएपनि फुटबलका सबै गतिविधि स्थगित भएका छन् ।साम्बा वुमन्स लिग क्लब हापोयल रानानामा आवद्ध छिन् । चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड)मा भाग लिएर स्वदेश फर्केलगत्तै साम्बा इजरायल गएकी थिइन् ।युइएफएले विज्ञप्ती जारी गर्दै इजरायलको वर्तमान सुरक्षालाई ध्यानमा राख्दै दुई साताका लागि इजरायलमा निर्धारित सबै खेलहरु स्थगित गर्ने जानकारी गराएको थियो । #सावित्रा भण्डारीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जिम्बाबेलाई पराजित गर्दै युगाण्डा टी– २० विश्वकपमा छनोटकाठमाडौँ। अफ्रिकी क्षेत्रबाट युगाण्डा टी– २० विश्वकप छनोट भएको छ। युगाण्डाले विश्वकप छनौट अन्तर्गतको अन्तिम खेलमा विहिबार रुवाण्डालाई ९ विकेटले एपीएफलाई हराउँदै मधेस केपी ओली कपको फाइनलमाकाठमाडौँ। पोखरामा जारी केपी ओली कपको फाइनलमा मधेश प्रदेश पुगेको छ। बिहीबार सम्पन्न सेमिफाइनल खेलमा एपीएफ क्लबलाई ११ रनले पराजित बागमतीलाई हराउँदै आर्मी केपी ओली कपको फाइनलमापोखरा। पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। पोखरा रंगशालामा भएको खेलमा बागमती प्रदेशलाई ४ विकेटले च्याम्पियन्स लिगः रियल मड्रिडको अपराजित यात्रा कायमैएजेन्सी । गएराति भएको च्याम्पियन्स लिगमा रियल मड्रिडले नापोलीलाई ४-२ गोलले पराजित गरेको छ । बर्नबाउमा भएको खेलमा रियलले जित च्याम्पियन्स लिगः आर्सनलको सानदार जितएजेन्सी । गएराति भएको च्याम्पियन्स लिगको समुह चरणको खेलमा आर्सनलले लेन्सविरुद्ध सानदार जित निकालेको छ । आर्सनलको घरेलु मैदानमा भएको यू–१९ एसिया कपमा सहभागी हुने नेपाली टोलीमा को–को छन् ?काठमाडौँ । एसीसी यू–१९ एसिया कपमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)लेधेरै पढिएका खबर १ चीन र साउदीले बनायो डलरलाई झट्का दिने योजना, के हो त्यो मुद्रा आदानप्रदान सम्झौता ? २ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला ! ३ उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित ४ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ५ पहिलो पटक सांसद गाउँमा पुगेपछि नाकछेडाबासी हर्षित ६ अमेरिकाले इजरायललाई थप हतियार नदिने ! ७ ‘हिले जलजले पर्यटकीय ताल’ बाँध निर्माण थालियो