Techie IT
२०८० मंसीर १४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलएकदिवसीय विश्वकपः पहिलो जितको खोजीमा अफगानिस्तान, दिल्लीमा दमदार इंग्ल्याण्ड

एकदिवसीय विश्वकपः पहिलो जितको खोजीमा अफगानिस्तान, दिल्लीमा दमदार इंग्ल्याण्ड


एजेन्सी । एकदिवसीय विश्वकप २०२३ मा आज इङ्ल्यान्ड र अफगानिस्तानबीच खेल हुँदैछ । दुई टोलीबीचको खेल दिउँसो सवा २ बजेदेखि दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछ । टस आधा घण्टा अगाडि अर्थात् दिउँसो १ः४५ बजे हुनेछ ।

विश्वकपमा दुवै टोलीको यो तेस्रो खेल हुनेछ । साविक विजेता इंग्ल्याण्ड पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेशलाई पराजित गरेको थियो । अर्कोतर्फ अफगानिस्तानले भने बंगलादेश र भारतसँगको दुवै खेलमा हार बेहोर्यो ।

हेड टु हेडः
समग्रमा हेड टु हेडको कुरा गर्ने हो भने इङ्ल्यान्ड र अफगानिस्तानबीच हालसम्म जम्मा २ ओडीआई खेलिएको छ । दुवै खेलमा इंग्ल्याण्डले जित हात पारेको थियो । दुवै खेल सन् २०१५ र २०१९ को विश्वकपमा खेलिएका थिए । यसबाहेक दुई टोलीबीच कुनै एकदिवसीय खेल भएको छैन ।

यो वर्षको विश्वकपमा इंग्ल्याण्डका लागि जो रुटले सर्वाधिक रन बनाएका छन् । उनको नाममा १५०ं रन छ । बलरहरु मध्ये रिस टोपलीले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले २ खेलमा ४ विकेट लिएका छन् ।

अफगानिस्तानका लागि राशिद खानले विश्वकपमा सर्वाधिक २ विकेट लिएका छन् । टोलीका कप्तान हशमतुल्लाह शाहिदीले सर्वाधिक ९८ रन बनाएका छन् ।

कस्तो छ पिच ?
यस मैदानमा अहिलेसम्म २८ ओडिआई खेलिएको छ । पहिले ब्याटिङ गर्ने टोलीले १३ खेल जितेको छ भने लक्ष्य पछ्याउने टोलीले १४ खेल जितेको छ । एक खेलको नतिजा भने टुंगो लाग्न सकेको छैन ।

यहाँ सर्वाधिक रन चेज गर्ने कीर्तिमान टीम इन्डियाको नाममा छ । सन् १९८२ मा भारतले श्रीलंकाविरुद्ध २७८ रन बनाएर जितेको थियो । यहाँ विकेट सुस्त छ, तर दक्षिण अफ्रिका र श्रीलंकाबीचको अन्तिम खेलमा दुवै टोलीले करिब ८०० रन बनाएका थिए । यसपटक पनि विकेटले ब्याटिङ मैत्री हुने र टस जित्ने टोलीले पहिले ब्याटिङलाई महत्व दिने विश्वास गरिएको छ ।

कस्तो छ मौसम ?
आज दिल्लीमा वर्षा हुने सम्भावना मात्र २५ प्रतिशत छ । तापमान २३ देखि ३५ डिग्री सेल्सियस सम्म हुन सक्छ ।

दुबै टोलीका सम्भावित सुरुवाती – ११
इंग्ल्याण्डः जोस बटलर (कप्तान र विकेटकीपर), जोनी बेयरस्टो, डेभिड मलान, जो रुट, ह्यारी ब्रुक, लियाम लिभिङ्स्टन, मोइन अली, साम कुरान, रीस टोपले, आदिल रशिद र मार्क वुड ।

अफगानिस्तानः हशमतुल्लाह शाहिदी (कप्तान), रहमानउल्लाह गुरबाज (विकेटकिपर), इब्राहिम जद्रान, रहमत शाह, मोहम्मद नाबी, नजिबुल्लाह जद्रान, अजमातुल्लाह ओमरजाई, राशिद खान, मुजीब उर रहमान, नवीन–उल(हक र फजलहक फारुकी ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जिम्बाबेलाई पराजित गर्दै युगाण्डा टी– २० विश्वकपमा छनोट

काठमाडौँ। अफ्रिकी क्षेत्रबाट युगाण्डा टी– २० विश्वकप छनोट भएको छ। युगाण्डाले विश्वकप छनौट अन्तर्गतको अन्तिम खेलमा विहिबार रुवाण्डालाई ९ विकेटले

एपीएफलाई हराउँदै मधेस केपी ओली कपको फाइनलमा

काठमाडौँ। पोखरामा जारी केपी ओली कपको फाइनलमा मधेश प्रदेश पुगेको छ। बिहीबार सम्पन्न सेमिफाइनल खेलमा एपीएफ क्लबलाई ११ रनले पराजित

बागमतीलाई हराउँदै आर्मी केपी ओली कपको फाइनलमा

पोखरा। पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। पोखरा रंगशालामा भएको खेलमा बागमती प्रदेशलाई ४ विकेटले

च्याम्पियन्स लिगः रियल मड्रिडको अपराजित यात्रा कायमै

एजेन्सी । गएराति भएको च्याम्पियन्स लिगमा रियल मड्रिडले नापोलीलाई ४-२ गोलले पराजित गरेको छ । बर्नबाउमा भएको खेलमा रियलले जित

च्याम्पियन्स लिगः आर्सनलको सानदार जित

एजेन्सी । गएराति भएको च्याम्पियन्स लिगको समुह चरणको खेलमा आर्सनलले लेन्सविरुद्ध सानदार जित निकालेको छ । आर्सनलको घरेलु मैदानमा भएको

यू–१९ एसिया कपमा सहभागी हुने नेपाली टोलीमा को–को छन् ?

काठमाडौँ । एसीसी यू–१९ एसिया कपमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले

Techie IT