Techie IT
२०८१ असोज १७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलत्रिकोणत्मक टि २० सिरिज: युएईद्वारा नेपाल ४ विकेटले पराजित

त्रिकोणत्मक टि २० सिरिज: युएईद्वारा नेपाल ४ विकेटले पराजित


काठमाडौँ । त्रिकोणत्मक टि २० सिरिजको फाइनल खेलमा युएईले नेपाललाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको छ ।

टस हारेर व्याटिङको निम्तो पाएको नेपालले युएईलाई १६३ रनको लक्ष्य दिएको थियो ।

यूएईले ६ विकेटको क्षतिमा १६३ रन बनायो ।

यूएईका लागि ओपनर व्याट्सम्यान मोहम्मद वासिमले ४५ रनको योगदान गरे । अर्का ओपनर आर्यान्श शर्माले २५ रन जोडे ।

आसिफ खानले ७ रन, अलिशान सराफु १३ रन जोडे । बासिल हमिद र आयान अफजल खानले अविजित रहँदै यूएईलाई जित दिलाउन सफल भए ।

हमिदले १६ बलमा २२ र आयनले ३ बलमा ५ रन जोडे ।

नेपालका लागि गुल्शन झा र अविनाशले दुईदुई विकेट लिन सफल भए । कुशल मल्लले एक विकेट लिए ।

नेपालका लागि कुशल भूर्तेलले ५० रन जोडे । उनले २९ बलमा ५० रन बनाउन सफल भएका थिए ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २०, रोहित पौडेलले १८, करण केसीले २३ तथा सन्दीप जोराले १० रन तथा सोमपाल कामीले १३ रन जोडेका थिए

 

 

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एभरेष्ट महिला भलिबल लिगमा लगातार जितसहित कर्णाली फाइनलमा

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगमा लगातार चौथो जितसहित कर्णाली यश्विज फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा चितवन

चार स्थानमाथि उक्लिदै दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा

काठमाडौँ । नेपाली राष्ट्रिय किक्रेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० अलराउन्डरको विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् । आईसीसीले

त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत तेस्रो खेलमा नेपालले आज क्यानडासँग…

काठमाडाैँ । त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत तेस्रो खेलमा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति

एभरेष्ट महिला भलिबल लिग आजदेखि

काठमाडाैँ । एभरेस्ट महिला भलिबल लिग आजदेखि शुरु हुँदैछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आजदेखि नेपालको पहिलो

एरिका गुरुङलाई विमानस्थलमा भव्य स्वागत

काठमाडाैँ । नेपालका लागि ऐतिहासिक पदक विजेता कराँते खेलाडी एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । आज

नेपाल र ओमान भिड्दै

काठमाडौँ । आईसीसी विश्वकप लिग टुमा आज नेपालले ओमानविरुद्ध खेल्दैछ । क्यानडा भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टिमले दोस्रो पटक ओमानविरुद्ध

Techie IT