Techie IT
२०८० मंसीर १८, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलआइसीसी विश्वकप २०२३ः आज बंगलादेश भर्सेस नेदरल्याण्ड

आइसीसी विश्वकप २०२३ः आज बंगलादेश भर्सेस नेदरल्याण्ड


एजेन्सी । कोलकाताको इडेन गार्डेनले सन् २०२३ को विश्वकप खेलको लागि पुर्ण तयारी अवस्थामा रहेको छ । यही मैदानमा आज नेदरल्याण्ड्स र बंगलादेशको टोली भिड्दैछन् । दुवै टोलीले यस प्रतियोगितामा अहिलेसम्म ५–५ खेल खेलेका छन् र १–१ खेल जितेका छन् ।

यस्तो अवस्थामा दुवै टोलीका लागि सेमिफाइनलको दौडमा रहन यो खेल निकै महत्वपूर्ण हुने भएको छ ।

यो खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।

इडेन गार्डेनको पिच यस पटक बलरका लागि उपयोगी हुन्छ कि ब्याट्सम्यानका लागि यो हेर्न निकै रोचक हुनेछ ।

कोलकाताको यो मैदानमा ब्याट्सम्यानको वर्चस्व छ। इडेन गार्डेनको मैदानमा चौका र छक्काको भारी वर्षा भइरहेको छ ।

यससँगै मैदानको आउटफिल्ड पनि निकै छिटो छ । यही कारण हो इडेन गार्डेनमा धेरै रन हुने गरेको छ । धेरै उच्च स्कोरिंग खेलहरू यस मैदानमा देखियो । तर, यस मैदानमा स्पिनरको शक्ति पनि देख्न सकिन्छ।

कोलकाताको इडेन गार्डेन स्टेडियममा हालसम्म ३१ ओडिआई खेल भएका छन् । यी खेलमध्ये पहिले ब्याटिङ गर्ने टोलीले १८ खेल जितेको छ भने पछि ब्याटिङ गर्ने टोलीले १२ खेल जितेको छ । योसँगै एउटा खेल पनि रद्द भएको छ । यस मैदानमा पहिलो इनिङ्सको औसत स्कोर २३६ रन हो । एकदिवसीय क्रिकेटको इतिहासमा सबैभन्दा ठूलो इनिङ्स पनि यही मैदानमा आएको छ । टीम इन्डियाका कप्तान रोहित शर्माले सन् २०१४ मा यस मैदानमा २६४ रनको इनिङ खेलेका थिए ।

विश्वकपका लागि बंगलादेशको टोलीः

शकिब अल हसन (कप्तान), लिटन दास, तनजी हसन तमिम, नजमुल हुसेन शान्तो (उपकप्तान), तौहिद हृदोय, मुशफिकुर रहिम, महमुदुल्लाह रियाद, मेहदी हसन मिराज, नसुम अहमद, शाक महेदी हसन, तस्किन अहमद, मुस्तफिजुर रहमान, हसन, मुस्फिजुर रहमान। महमूद, शोर इस्लाम, तन्जीम हसन साकिब।

विश्वकपका लागि नेदरल्याण्ड्सको टोलीः

स्कट एडवर्ड्स (कप्तान), म्याक्स ओडाउड, बास डी लीडे, विक्रम सिंह, तेजा निदामानुरु, पल भान मिकेरेन, कोलिन एकरम्यान, रोलोफ भान डेर मर्वे, लोगान भान बेक, आर्यन दत्त, रायन क्लाइन, वेस्ली बारेसी, साकिब जुल्फिकार, शरिज अहमद, सिब्रान्ड एंगेलब्रेच।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रिय टिमकी गोलकिपर अन्जनाले गरिन् बिहे

काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अन्जना रानामगरले बिहे गरेकी छिन्। अन्जनाले सोमबार भक्तपुर निवासी अविरल लामासँग विवाह गरेकी

आईपीएल अक्सनः पहिलोपटक भारत बाहिर खेलाडीमाथि बोली लगाइँदै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२४ को अक्सनको मिति र स्थान आधिकारिक रूपमा घोषणा गरिएको छ । पहिलो पटक आईपीएलको

नेपाल सुपर लिगमा आज झापा एफसी र काठमाडौँ रेजर्स भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) मा आज झापा एफसी र काठमाडौँ रेजर्सले प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको खेल

फेलिक्सको गोलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई हरायो

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–०

लिभरपुलले फुलहमलाई ४–३ गोलले हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले फुलहमलाई ४–३ गोलले

पाँचौं खेलमा अस्ट्रेलियालाई ६ रनले हराउँदै भारतले टी–२० सिरिज ४–१…

एजेन्सी । पाँचौं टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ६ रनले पराजित गरेको छ । बैंगलोरमा भएको खेलमा भारतका अर्शदीप सिंहले अन्तिम

Techie IT