Techie IT
२०८० मंसीर २३, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलटी–२० विश्वकपमा छनोट क्रिकेट खेलाडीले जनही १३ लाख पाउने

टी–२० विश्वकपमा छनोट क्रिकेट खेलाडीले जनही १३ लाख पाउने


काठमाडौँ । सरकारले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा संयुक्त आयोजना हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई पुरस्कारस्वरप रकम प्रदान गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीको नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकबाट १५ खेलाडी तथा समान १–१ मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय भएको छ ।

जसअनुसार प्रति खेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफारिस गरिएको छ ।

गत आइतबार सम्पन्न आइसीसी पुरुष टी–२० विश्वकपको एसिया क्षेत्र छनोटको फाइनलमा पुग्दै नेपालले विश्वकपको टिकट काटेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

झापा र वीरगञ्जको बराबरी

काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको झापा फुटबल क्लब र वीरगञ्ज युनाइटेड फुटबल क्लबबीचको खेल गोलरहित बराबरीमा

यू–१९ एसिया कप क्रिकेटः नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

काठमाडौँ । एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । जीतका लागि

यु १९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ। एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ। नेपालले दिएको एक

पाकिस्तानविरूद्ध उत्तम थापा मगरको अर्धशतक

काठमाडौँ। एसिसी यू– १९ एसिया कपमा नेपाल र पाकिस्तानबीच खेल भइरहेको छ। युएईको दुबईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले

एसिया कप क्रिकेटः टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको एसिसी उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्धको खेलमा

नेपाल सुपर लिगः पुछारका दुई टोली झापा र वीरगञ्ज भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)मा आज शुक्रबार झापा एफसी र वीरगञ्ज युनाइटेड एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल बेलुकी ५

Techie IT