Techie IT
२०८० मंसीर १४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलन्युजिल्याण्डविरुद्ध ७ विकेट लिएका शमीले आफ्नो सफलताबारे यसो भने

न्युजिल्याण्डविरुद्ध ७ विकेट लिएका शमीले आफ्नो सफलताबारे यसो भने


एजेन्सी । टीम इन्डियाका फास्ट बलर मोहम्मद शमीले विश्वकप २०२३ मा तरंग मच्चाइरहेका छन् । बुधबार न्युजिल्याण्डविरुद्धको सेमिफाइनल खेलमा उनले ७ विकेट लिएका थिए । उनको बलिङको आधारमा टीम इन्डियाले न्युजिल्याण्ड टिमलाई ७० रनले पराजित गरेको थियो । अब टिम इन्डियाले फाइनल खेल १९ नोभेम्बरमा अहमदाबादमा खेल्नेछ ।

वानखेडेमा उत्कृष्ट बलिङ गरेका शामीले खेलपछि आफूले अवसरको पर्खाइमा रहेको र त्यसको सदुपयोग गरेकोमा आफू खुसी भएको बताए ।

एकदिवसीय खेलमा भारतीय बलरले ७ विकेट लिएको यो पहिलो पटक हो । यो उत्कृष्ट प्रदर्शनका लागि शमी म्यान अफ द म्याच चुनिए ।

भारतका प्रारम्भिक खेलहरूमा शामीले मौका पाएनन्, तर त्यसपछि उनी प्लेइङ इलेभेनमा परेपछि उनले सानदार बलिङ गरे ।

उनले यस प्रतियोगितामा अहिलेसम्म २३ विकेट लिएका छन् ।

खेलपछि शमीले भने, ‘म आफ्नो मौकाको पर्खाइमा थिएँ । मैले धेरै सीमित ओभरको क्रिकेट खेलेको थिइनँ । मैले न्युजिल्यान्डविरुद्ध पुनरागमन गर्न सफल भए। हामी भिन्नताको बारेमा धेरै कुरा गर्छौं तर मलाई लाग्छ बललाई अगाडि पिच गर्नु र नयाँ बलबाट विकेट लिनु महत्त्वपूर्ण छ।’

भारतले अन्ततः सेमिफाइनलको बाधा पार गरेको बारे शामीले भने, ‘यो ठूलो अनुभूति हो। पछिल्ला दुई विश्वकपमा हामी सेमिफाइनलमा पराजित भयौं । फेरि कहिले यस्तो मौका पाउँछ कसैलाई थाहा छैन, त्यसैले यस पटक हामीले कुनै कसर छोड्न चाहेनौं। यो अवसरलाई हामी हातबाट खेर जान दिन चाहँदैनौं ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

च्याम्पियन्स लिगः आर्सनलको सानदार जित

एजेन्सी । गएराति भएको च्याम्पियन्स लिगको समुह चरणको खेलमा आर्सनलले लेन्सविरुद्ध सानदार जित निकालेको छ । आर्सनलको घरेलु मैदानमा भएको

यू–१९ एसिया कपमा सहभागी हुने नेपाली टोलीमा को–को छन् ?

काठमाडौँ । एसीसी यू–१९ एसिया कपमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले

नेपाल सुपर लिगः पोखरा र ललितपुर भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज बुधबार पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच खेल हुँदैछ । यी दुई

बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा

एजेन्सी । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको समूह चरण अन्तर्गतको खेलमा पोर्चुगीज

लाइप्जिगमाथि म्यान्चेस्टर सिटीको रोमाञ्चक जित

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत इंग्लिस क्लब म्यान्चेस्टर सिटीले जित निकालेको छ । गएराति भएको समूह चरणको खेलमा सिटीले

न्युक्यासलसँग बराबरीमा रोकियो पिएसजी

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बराबरी खेलेको छ । समूह चरण अन्तर्गतको खेलमा फ्रेन्च क्लब

Techie IT