Techie IT
२०८० मंसीर २१, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलफिफा विश्वकप छनोटः नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दै

फिफा विश्वकप छनोटः नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दै


काठमाडौँ । फिफा विश्वकप–२०२६ छनोट चरण अन्तर्गत दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाल र यमनबीचको पहिलो लेगको खेल दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुनेछ ।

नेपाली राष्ट्रिय फुटबल टिमले अर्को चरण पुग्नका लागि खेल जित्नैपर्ने भएकाले शतप्रतिशत दिएर खेल्ने जनाएको छ । सोमबार प्रि–म्याच कम्फ्रेन्समा बोल्दै प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले अंक जोड्नका लागि नेपाललाई उक्त खेल निकै महत्वपूर्ण रहेको बताए ।

यमन नेपालभन्दा बलियो टिम रहेपनि सम्पूर्ण ध्यान खेलमा केन्द्रित गर्दै उत्कृष्ट खेल प्रर्दशन गर्ने उनले बताए ।

त्यस्तै कप्तान किरण लिम्बुले खेलका लागि राम्रो तयारी भएको र जित हासिल गर्नेगरी मैदान उत्रने बताए । घरेलु मैदानमा खेल खेल्न पाउँदा निकै उत्साहित रहेको बताउँदै केही दबाब हुनु स्वभाविक रहेको उनको भनाई छ । छनोट चरणको पहिलो खेलमा नेपाल घरेलु टोली युएईसँग ४–० ले पराजित भएको थियो ।

एन्फाले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । दोस्रो चरणको सम्पूर्ण खेलको व्यापारिक तथा मिडिया अधिकार सिंगापुरस्थित स्पोर्टफाइभलाई प्रदान गरिएको छ ।

यमनसँगको खेलको लागि साधारण पारापिटतर्फ ४ सय र भीआईपी पारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर कायम गरिएको एन्फाले जनाएको छ । एन्फाका अनुसार खेलको टिकटहरू खेल हुने दिन बिहान ८ देखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा परिसरमा बिक्री गरिनेछ ।

खेलको लागि यमनको राष्ट्रिय टोली नेपाल आइसकेको छ । फिफा वरीयतामा यमन १५६औं स्थानमा रहेको छ भने नेपाल १७३औं स्थानमा रहेको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एनएसएलमा आज चितवन र बुटवल भिड्दै

काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल)मा आज एफसी चितवन र एफसी बुटवल–लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे

प्रिमियर लिगः म्याचेस्टर युनाइटेडद्वारा चेल्सी पराजित

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा चेल्सी म्याचेस्टर युनाइटेडसँग पराजित भएको छ । म्यानुले चेल्सीलाई २-१ गोलले पराजित गरेको हो

लिभरपुलको सहज जित

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा लिभरपुलले सेफिल्ड युनाइटेडविरुद्ध सहज जित निकालेको छ । लिभरपुलले सेफिल्डलाई २-० गोलले पराजित गरेको

प्रिमियर लिग: म्यानचेस्टर सिटीलाई नमिठो झट्का

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई एस्टन भिल्लाले १-० गोलले पराजित गरेको छ । एस्टन भिल्लाको घरेलु मैदानमा

प्रिती र दीपाले ‘आई लिग’ खेल्ने

काठमाडौँ। नेपाली राष्ट्रिय महिला टिमका खेलाडीद्वय प्रिती राई र फरवार्ड दिपा शाहीले भारतमा व्यवसायिक फुटबल खेल्ने भएका हुन्। मिडफिल्डर राई

नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए खेल गीत

काठमाडौँ। हास्यकलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ल्याएका छन्। खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ गाएका

Techie IT