Techie IT
२०८३ असोज २५, आईतबार
NepaliPatra logo
गृहपृष्ठ ∕ खेल ∕ विश्वकपका उत्कृष्ट प्लेइङ–११ मा भारतीय खेलाडीको वर्चस्व, विश्वकप विजेता कप्तान कमिन्स परेनन्

विश्वकपका उत्कृष्ट प्लेइङ–११ मा भारतीय खेलाडीको वर्चस्व, विश्वकप विजेता कप्तान कमिन्स परेनन्


एजेन्सी । अष्ट्रेलियाले आइतबार आईसिसी एकदिवसीय क्रिकेट विश्वकप–२०२३ को उपाधि जित्यो । अहमदाबादमा भएको फाइनलमा भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको ट्रफि उचालेको हो ।

अष्ट्रेलिया योसँगै छैटौँ पटक विश्वविजेता बनेको छ । अष्ट्रेलियाले यसअघि सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा उपाधि जितेको थियो ।

यसैबीच, फाइनल खेलपछि आईसीसीले विश्वकप २०२३ को उत्कृष्ट प्लेइङ–११ घोषणा गरेको छ । करिब डेढ महिनासम्म चलेको यस मेगा इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई उत्कृष्ट प्लेइङ–११ मा समावेश गरिएको थियो ।

आईसीसीले आफ्नो प्लेइङ–११ मा ६ भारतीय खेलाडी छनोट गरेको छ । रोहित शर्मालाई कप्तान बनाएको छ भने अस्ट्रेलियाका कप्तान प्याट कमिन्सलाई बेवास्ता गरिएको छ । आईसीसीले छनोट गरेको प्लेइङ–११ मा रोहित शर्मा, विराट कोहली, केएल राहुल, रविन्द्र जडेजा, जसप्रित बुमराह र मोहम्मद शामी रहेका छन् ।

दक्षिण अफ्रिकाका फास्ट बलर गेलर्ड कोएत्जीलाई १२ औं खेलाडीको रुपमा राखिएको छ । दक्षिण अफ्रिकाका विकेटकिपर ओपनर क्विन्टन डी ककले प्लेइङ–११ मा स्थान पाएका छन् । योसँगै अष्ट्रेलियाबाट एडम जाम्पा र ग्लेन म्याक्सवेल पनि प्लेइङ–११ मा छनोट भएका छन् ।

विश्वकप २०२३ को उत्कृष्ट खेल्ने ११
क्विन्टन डी कक, रोहित शर्मा (कप्तान), विराट कोहली, ड्यारेल मिचेल, केएल राहुल, ग्लेन म्याक्सवेल, रविन्द्र जडेजा, जसप्रित बुमराह, दिलशान मदुशंका, एडम जाम्पा र मोहम्मद शामी ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे

Techie IT