गृहपृष्ठ ∕ खेल ∕ १९ वर्षमुनिको विश्वकप क्रिकेट श्रीलङ्कामा नहुने१९ वर्षमुनिको विश्वकप क्रिकेट श्रीलङ्कामा नहुने नेपालीपत्र मंगलबार, २०८० मंसीर ५ गते, १७:३७ मा प्रकाशित खेल काठमाडौँ। १९ वर्षमुनिको पुरुष विश्वकप क्रिकेट श्रीलङ्कामा नभई दक्षिण अफ्रिकामा हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को बोर्ड बैठकले प्रतियोगिता श्रीलङ्काबाट दक्षिण अफ्रिकामा सार्ने निर्णय गरेको हो।श्रीलङ्का बोर्डको प्रशासनमा व्यापक सरकारी हस्तक्षेपको कारण आईसीसीले भर्खरै श्रीलङ्का क्रिकेटलाई अस्थायीरूपमा निलम्बन गरेपछि विश्वकप हुने स्थान पनि सरेको हो।श्रीलङ्का क्रिकेट बोर्ड र खेलकुदमन्त्री रोशन रणसिङ्घेबीच विगत एक वर्षदेखि विवाद छ। रणसिङ्घेले क्रिकेट बोर्डमा भ्रष्टाचार र अव्यवस्थाको आरोप लगाएका छन् भने क्रिकेट बोर्डले यसलाई अनावश्यक हस्तक्षेप गरेको बताउँदै आएको छ।१९ वर्षमुनिको विश्वकप आउँदो जनवरी र फेब्रुअरीमा हुँदैछ । नेपालले पनि यो विश्वकपमा स्थान बनाएको छ। नेपालले पहिले खेल जनवरीको १३ तारिखमा न्युजिल्यान्डसँग खेल्नेछ। नेपाल रहेको समूह ‘डी’ मा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन्। #विश्वकप क्रिकेटग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ…काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्काठमाडाैँ । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ नेपाल एएफसी महिला एसियन कप फुटबलमा छनोट हुन असफलकाठमाडौं । घरेलु टिम उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार राति एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्नेकाठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जितकाठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्टकाठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टरधेरै पढिएका खबर १ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ४ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ५ अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर ६ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव ७ वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसThe Film Nepal