Techie IT
२०८० फागुन १८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलअर्जेन्टिनाले ब्राजिललाई हरायो

अर्जेन्टिनाले ब्राजिललाई हरायो


काठमाडौँ । विश्वकप छनोट अन्तर्गतको खेलमा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेको छ । भर्खरै सम्पन्न खेलमा अर्जेन्टिनाले ब्राजिललाई उसकै घरेलु मैदान माराकाना स्टेडियममा १–० गोलले पराजित गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन एकमात्र निर्णायक गोल निकोलास ओटामेन्डीले गरे । उनले खेलको ६३ औं मिनेटमा गोल गरेका हुन् । खेलमा ब्राजिल र अर्जेन्टिनाका फ्यानहरुबीच स्टेडियमभित्रै हात हालाहाल भएपछि खेल आधा घण्टा ढिलो सुरु भएको थियो ।

खेलको ८१ औं मिनेटमा ब्राजिल १० खेलाडीमा समेटियो । जोएलिन्टनले अर्जेन्टिनाका डी पलमाथि फउल गरेपछि रेफ्रिले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।

ब्राजिलले घरेलु मैदानमा विश्वकप छनोट खेल हारेको यो पहिलो पटक हो ।

जितसँगै अर्जेन्टिना शीर्षस्थानमा उक्लिएको छ । उसको ६ खेलबाट १५ अंक छ । यता ब्राजिल समान खेलबाट ७ अंकका साथ छैटौं स्थानमा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फुटबल खेलाडी विकास खवास पनि अस्ट्रेलिया प्रस्थान

काठमाडौँ । फुटबल खेलाडी विकास खवास पनि अस्ट्रेलिया प्रस्थान गरेका छन् । विकासले सन् २०२० मा राष्ट्रिय टिमबाट डेब्यू गरेका

साफ यू– १६ महिला फुटबलमा भुटानमाथि भारतको फराकिलो जित

काठमाडौँ । भारतले आजदेखि काठमाडौँमा शुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । शुक्रबार भएको पहिलो

बहराइनविरुद्ध फुटबल खेल्ने प्रारम्भिक टोली घोषणा

काठमाडौँ । बहराइनविरुद्ध फुटबल खेल्ने प्रारम्भिक टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले शुक्रबार ३३ सदस्यीय टोली

नेपालले नामिबियालाई हरायो

काठमाडौँ । नेपालले नामिबियालाई हराएको छ । त्रिकोणात्मक टी– २०आई सिरिजमा नेपालले नामिबियामाथि ३ रनको जित हात पारेको हो ।

नेपालले नामिवियालाई दियो १८१ रनको लक्ष्य

काठमाडौँ । नेपालले त्रिदेशीय टी– २०आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । कुशल मल्लको अर्धशतक

नामिवियाविरुद्ध कुशल मल्लको अर्धशतक

काठमाडौँ । त्रिदेशीय टि २० सिरिज अन्तर्गत नामिवियाविरुद्धको खेलमा नेपालका कुशल मल्लले अर्धशतक बनाएका छ्न । उनले ३० बलमा ४

Techie IT