Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलभिमाद अर्ना कपको सम्पूर्ण तयारी पूरा

भिमाद अर्ना कपको सम्पूर्ण तयारी पूरा


तनहुँ । तनहुँको भिमादमा भोलि (बिहिबार) हरिबोधनी एकादशीदेखि सुरु हुन गइरहेको ‘भिमाद अर्ना कप’ फूटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको समेत सहभागिता रहने गरी १३ गतेसम्म भिमाद रंगशालामा हुन गइरहेको प्रतियोगिताको तयारी पूरा भएको संयोजक ज्ञानेन्द्र गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु. २ लाख २२ हजार २२२, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेताले रु. १ लाख ११ हजार १११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । व्यक्तिगत विद्यातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु. १० हजार नगद, ट्रफि र प्रमाण पत्र पाउनेछ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर र डिफेन्डरलाई जनही रु. ५ हजारसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार खेलाडीहरुको दुर्घटना बीमा गरिएको छ भने मैदानमा प्राथमिक उपचारको व्यवस्था समेत मिलाएको छ । फुटबल खेलको माध्यमबाट भिमाद बजारलाई देश तथा विदेशमा चिनाउने, आन्तरिक पर्यटक भित्र्याउने र युवापुस्तालाई खेलप्रति आकर्षित गर्ने मुख्य उद्धेश्य राखिएको आयोजकको भनाई छ ।

प्रतियोगितामा एउटा टिमले ५ जना विदेशी खेलाडी समावेश गर्न पाउनेछ । खुला प्रतियोगिता भएकाले जुनसुकै टिम र खेलाडीले सहभागिता जनाउन सक्नेछन् ।

भिमाद उद्योग वाणिज्य संघ सह आयोजक रहेको प्रतियोगिताको संरक्षकमा भिमाद नगरपालिका र प्रायोजकमा यति ब्रुअरी रहेको छ । दर्शकले निःशुल्क खेल हेर्न सक्नेछन् । प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने भएका छन् । खेलहरु बिहान ११ बजे र दिउँसो १ बजे खेलाइनेछ । यस्तै, फाइनल खेल १३ गते दिउँसो १ बजे हुने भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जित

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुने

काठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ ।

नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

Techie IT