Techie IT
२०८० फागुन १०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलभिमादमा सर्वाधिक राशिको फुटबल प्रतियोगिता सुरु

भिमादमा सर्वाधिक राशिको फुटबल प्रतियोगिता सुरु


दमौली । तनहुँको भिमाद नगरपालिका–६ मा बिहीबारदेखि भिमाद अर्ना कप फुटबल प्रतियोगिता सुरु भएको छ । भिमाद युवा क्लबको आयोजनामा हरिबोधनी एकादशीको अवसर पारी फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख दधिराज सुवेदीले खेलकुदको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए । खेलकुदको विकासका लागि पूर्वाधार निर्माणलाई आफूले प्राथमिकतामा राखेको उनले बताए ।

प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा शुक्लागण्डकी युवा क्लब, नेपाल युनाइटेड युके, सङ्गम फुटबल क्लब, ज्योतिपुञ्ज युवा क्लब, युवा क्लब भिमाद, दिगो युवा क्लब भोटेपानी, डेडगाउँ फुटबल क्लब, युवा क्लब भिमाद (निलो), तनहुँ एघार, ढुकुरपोखरी युवा सञ्जाल, देवदह ब्वाइज रुपन्देही र एलजी एशोसिएसनले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले रु दुई लाख २२ हजार दुई सय २२ र उपविजेताले रु एक लाख एक हजार एक सय ११ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई रु १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट फर्वाड र डिफेन्डरलाई रु पाँच–पाँच हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक ज्ञानेन्द्र गुरुङले जानकारी दिए ।

भिमाद नगर उद्योग वाणिज्य सङ्घको सहआयोजना र भिमाद नगरपालिकाको संरक्षकत्वमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताका निम्ति रु २५ लाख विनियोजन गरिएको छ ।

यसैबीच फुटबल प्रतियोगिताको उद्घाटन खेलमा शुक्लागण्डकी युवा क्लवले विजयी सुरुवात गरेको छ । नेपाल युनाइटेड युकेलाई २–१ गोल अन्तरले पराजित गर्दै शुक्लागण्डकी क्वाटर फाईलनमा प्रवेश गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल ‘ए’ ४ विकेटले पराजित, क्यानडाले जित्यो सिरिज

काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा क्यानडाले नेपाल ‘ए’लाई ४ विकेटले हराएको छ । यो जितसँगै क्यनाडाले तीन म्याचको

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

काठमाडौँ । धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)मा खेलकूद सप्ताह सम्पन्न भएको छ । चार दशकअघि स्थापना भएको केईएचएसले बिभिन्न खेलकूद

नेपाल नामिबियासँग फेरि पराजित

काठमाडौँ । आइसीसी विश्वकप लिग– २ अन्तर्गतको खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा

नामिबियाविरुद्व आसिफ शेखको अर्धशतक

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत जारी नामिबियाविरुद्वको खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्। आसिफले अहिले ५९ बलमा

विश्वकप क्रिकेट लिग–२ को तेस्रो खेलमा आज नेपाल र नामिबिया…

काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग–२ को तेस्रो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान सवा

वाफ महिला च्याम्पियनसिपमा नेपालले सिरियालाई हरायो

काठमाडौँ । वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले सिरियालाई हराएको छ । साउदी अरेबियाको राजधानी रियादमा रहेको

Techie IT