गृहपृष्ठ ∕
खेल ∕
केपी ओली कपमा सुदूरपश्चिमसँग नेपाल पुलिस पराजित केपी ओली कपमा सुदूरपश्चिमसँग नेपाल पुलिस पराजित
पोखरा। पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेटमा नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएको छ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा पुलिसले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले १८ ओभर ४ बलमा पूरा गरेको हो। सुदुरपश्चिमका किरण थगुन्नाले सर्वाधिक ५१ रन बनाए। कुनै समय ४६ रनमा ५ विकेट गुमाएको सुदुरपश्चिमका किरण थगुन्नाले र नरेन शाउदले उत्कृष्ट साझेदारी गरे।
थगुन्ना राउदले ९३ रनको उत्कृष्ट साझेदारी गरे। कप्तान राजु रिजालले १९ र बसन्त कार्कीले १५ रनको योगदान दिए। पहिला ब्याटिङ गरेको पुलिसका लागि कुशल भुर्तेलले ६७ रनको अर्धशतकीय पारी खेलेका थिए। ५१ बलको सामना गरेका कुशलले समान ५ चौका र ५ छक्का हानेका थिए। यस्तै सुनिल धमलाले ४२ र अर्जुन साउदले २० रन बनाए।
यो सँगै मधेश प्रदेश सेमिफाइनलमा पुगेको छ। समूह सीमा नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश तीनै टिमले समान १ खेल जिते पनि रन रेटमा अघि रहँदै मधेश सेमिफाइनलमा पुगेको हो।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न
काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको
काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार
काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ
काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे