Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलविश्वकप क्रिकेट लिगको पहिलो शृङ्खला नेपालमा हुने

विश्वकप क्रिकेट लिगको पहिलो शृङ्खला नेपालमा हुने


काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृङ्खला घरेलु मैदानमा हुने भएको छ ।

नेपाल, नेदरल्यान्ड र नामिबियाबीच हुने उक्त शृङ्खला आगामी फागुन ५ देखि हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । नेपालले दुबै टोलीसँग समान दुई खेल खेल्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार यस संस्करणको खेलमा विभिन्न आठ राष्ट्र सहभागी हुनेछन् । जसमा नेपालसहित नामिबिया, क्यानडा, नेदरल्यान्ड, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), ओमान र अमेरिका छन् ।

लिग सन् २०२७ सम्म सञ्चालन हुनेछ । यसअघि सन् २०१९ देखि २०२३ सम्म भएको अघिल्लो संस्करणको लिगमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसिया कप खेलेर फर्कियो महिला टीम

काठमाडौँ । श्रीलंकामा महिला एसिया कप टी–२० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ । प्रतियोगितामा नेपालले तीन खेल

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान

काठमाडौँ । नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ

महिला एशिया कप टि–२० क्रिकेटमा नेपाल र भारत भिड्दै

काठमाडौँ । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल

दीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक

काठमाडाैँ । ११ औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा नेपालकी दीपा बिष्टले स्वर्ण पदक जितेकी छिन् ।

महिला टी–२० एसिया कपमा आज नेपालले यूएईसँग खेल्दै

काठमाडौँ । महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । दम्बुलामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज

भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ । जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजना

Techie IT