Techie IT
२०८१ फागुन ३, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाल सुपर लिगः स्पोर्टिङ इलाम र एफसी बुटवल लुम्बिनी भिड्दै

नेपाल सुपर लिगः स्पोर्टिङ इलाम र एफसी बुटवल लुम्बिनी भिड्दै


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज आइतबार एक खेल हुँदैछ । आज हुने खेलमा स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीले प्रतिस्पर्धा गर्दैछन् ।

दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः३० बजे सुरु हुनेछ । यसअघि दुई खेलमा नै पराजित बुटवल लुम्बिनी पहिलो जितको खोजीमा छ ।

बुटवल लुम्बिनी पहिलो खेलमा एफसी चितवनसँग २–० गोलले तथा दोस्रो खेलमा धनगढी एफसीसँग १–० गोलले पराजित भएको थियो ।

यस्तै, इलाम भने एक खेलमा जित तथा एक खेलमा पराजित भएको थियो । इलाम पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० गोलले पराजित हुँदा दोस्रो खेलमा झापाविरुद्ध १–० को जित निकालेको थियो ।

अंकतालिकामा बुटवल लुम्बिनी अंकविहिन रहँदै पुछारमा छ भने इलाम ३ अंकका साथ छैटौं स्थानमा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुने

काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने

बागमती गोल्डकप आगामी शनिबार देखि

मकवानपुर । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।

नव जनजागरणले जित्यो राष्ट्रपति रनिङशील्ड

सर्लाही । बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा १३

कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाई

फाप्ला । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा

खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष…

काठमाडौं । नेपालको खो खो महिला र पुरुष राष्ट्रिय टोली भारतमा जारी खो खो विश्वकपको फाइनल खेल आज (आइतबार) हुँदै

Techie IT