Techie IT
२०८० फागुन १४, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलरुतुराज गायकवाडले टी–२० क्रिकेटमा बनाए कीर्तिमान

रुतुराज गायकवाडले टी–२० क्रिकेटमा बनाए कीर्तिमान


एजेन्सी । भारतीय टोलीका ओपनर रुतुराज गायकवाडले शुक्रबार अष्ट्रेलियाविरुद्ध रायपुरमा भएको चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा ठूलो उपलब्धि हासिल गरेका छन् । गायकवाडले चौथो टी–२० मा ३ चौका र एक छक्काको मद्दतमा २८ बलमा ३२ रन बनाए ।

योसँगै रुतुराज गायकवाड टी–२० क्रिकेटमा सबैभन्दा छिटो ४ हजार रन पूरा गर्ने भारतीय ब्याट्सम्यान बनेका छन् । गायकवाड भन्दा पहिले यो कीर्तिमान केएल राहुलको नाममा थियो ।

गायकवाडले ११६ इनिङ्समा ४ हजार रन पुरा गरेका थिए भने राहुलले ११७ इनिङ्समा यो आँकडा पूरा गरेका थिए ।

वेस्ट इन्डिजका दिग्गज ब्याट्सम्यान क्रिस गेलले टी–२० क्रिकेटमा सबैभन्दा कम इनिङ्समा ४००० रन पूरा गर्ने कीर्तिमान बनाएका छन् । युनिभर्स बोस भनेर चिनिने गेलले मात्र १०७ इनिङ्समा ४ हजार रनको आँकडा पार गरेका थिए ।

गेलपछि अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान शन मार्स (११३), पाकिस्तानका पूर्व कप्तान बाबर आजम (११५)र न्यूजिल्याण्डका ओपनर डेभन कोनवे (११६) रहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल ‘ए’ को मूख्य प्रशिक्षकमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल नियुक्त

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको ए टिमको मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ । क्यानको आज

थ्री स्टारद्वारा एन्फाले गरेको निर्णय बदर गर्न पुनरावेदन समितिमा अपिल

काठमाडौँ । थ्री स्टार क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अनुशासन समितिले गरेको कारबाहीको निर्णय बदर गर्न पाउँ भन्दै पुनरावेदन

त्रिदेशीय टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ । मंगलबारदेखि हुने त्रिदेशीय टी– २० सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित

चेल्सीलाई हराउँदै लिभरपुलले जित्यो इएफएल कपको उपाधि

काठमाडौँ । चेल्सीलाई हराउँदै लिभरपुलले इएफएल कपको उपाधि जितेको छ । भर्जिल भान डाइकले अतिरिक्त समयमा गरेको गोलको मदतमा लिभरपुलले

नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमै भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित

नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दियो

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ । नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ

Techie IT