गृहपृष्ठ ∕ खेल ∕ काठमाडौँ र झापाले बराबरी खेलेकाठमाडौँ र झापाले बराबरी खेले नेपालीपत्र मंगलबार, २०८० मंसीर १९ गते, ०५:२६ मा प्रकाशित खेल काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)फुटबल प्रतियोगिताअन्तर्गत काठमाडौँ रेजर्स फुटबल क्लब र झापा फुटबल क्लबले बराबरी खेलेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा काठमाडौँ र झापाले गोलरहित बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन् ।खेलमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेता पनि दुवै टोलीले गोल गर्न सकेनन् र अन्ततः खेल गोलरहित बराबरीमा टुङ्गियो ।यस बराबरी खेलसँगै काठमाडौँले तीन खेलमा ५ अङ्क जोडेको छ । काठमाडौँले पहिलो खेलमा स्पोर्टिङ इलामलाई हराएको थियो भने दोस्रो खेलमा एफसी चितवनसँग बराबरी खेलेको थियो ।त्यस्तै, समान तीन खेल खेलेको झापाले २ अङ्क जोडेको छ । पहिलो खेलमा इलामसँग पराजित भएको झापाले दोस्रो खेलमा पोखरासँग बराबरी खेलेको थियो । आज मंगलबार ललितपुर सिटी फुटबल क्लब र वीरगञ्ज युनाइटेडबीच खेल हुनेछ । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ…काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्काठमाडाैँ । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ नेपाल एएफसी महिला एसियन कप फुटबलमा छनोट हुन असफलकाठमाडौं । घरेलु टिम उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार राति एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्नेकाठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जितकाठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्टकाठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टरधेरै पढिएका खबर १ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ४ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ५ अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर ६ नेपाल सेमिफाइनलमा प्रवेश ७ संसारकोट दरबारको पुनःनिर्माण गरिँदैThe Film Nepal