Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलयू–१९ एसिया कप क्रिकेटः नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

यू–१९ एसिया कप क्रिकेटः नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित


काठमाडौँ । एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । जीतका लागि एक सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २६ दशमलव दुई ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको लागि आजन आविसले सर्वाधिक ५६ रनको योगदान दिए । उनले ६२ बलमा आठ चौकासहित ५६ रनमा अविजित रहे ।

त्यस्तै पाकिस्तानी कप्तान साद बैगले ५० रन बनाए । उनले ५६ बलमा पाँच चौकासहित ५० रन जोडेका हुन् । मोहम्मद जिशानले आठ बलमा दुई चौका र दुई छक्कासहित २० रनमा अविजित रहे । नेपालका लागि गुलशन झाले दुई विकेट लिए भने आकाश त्रिपाठीले एक विकेट झारे ।

त्यसअघि संयुक्त अरब ईमिरेट्स (युएई) स्थित दुबइको आइसिसी एकेडेमी २ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ५२ रनको योगफल बनाएको थियो । नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे । उनले ७६ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५१ रनको योगदान दिएका हुन । त्यसैगरी नेपालका दीपेश कँडेलले ३१ रन बनाए । उनले छैटौँ विकेटका लागि उत्तम थापामगरसँग ६८ रनको साझेदारी गरेका थिए । कँडेलले ५९ बलमा दुई चौका र एक छक्काको मद्दतमा ३१ रन बनाएका हुन् ।

सुरुआती ओपनर अर्जुन कुमालले २१ रन जोडे । उनले ३७ बलमा ३ चौका प्रहार गरे । खराब ब्याटिङ गरेको नेपालका लागि गुल्सन झा एक रनमै आउट हुँदा १७ ओभरमा ४६ रन जोड्दा नेपालले सुरुवाती पाँच विकेट गुमाएको थियो ।

त्यसैगरी कप्तान देव खनालले १३ बल खेल्दा शून्यमा आउट भए । आकाश त्रिपाठी छ रनमा आउट हुँदा तिलक भण्डारीले सात रन जोडे । सुवास भण्डारीले अविजित आठ रन बनाए । बलिङतर्फ पाकिस्तानका मोहम्मद जिशानले छ विकेट लिए भने अमिर हसनले दुई विकेट झारे । उबेद शाह र अली असफन्दले समान एक एक विकेट लिए । नेपालले दोस्रो खेल यही मङ्सिर २४ गते अफगानिस्तानतसँग खेल्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसिया कप खेलेर फर्कियो महिला टीम

काठमाडौँ । श्रीलंकामा महिला एसिया कप टी–२० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ । प्रतियोगितामा नेपालले तीन खेल

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान

काठमाडौँ । नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ

महिला एशिया कप टि–२० क्रिकेटमा नेपाल र भारत भिड्दै

काठमाडौँ । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल

दीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक

काठमाडाैँ । ११ औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा नेपालकी दीपा बिष्टले स्वर्ण पदक जितेकी छिन् ।

महिला टी–२० एसिया कपमा आज नेपालले यूएईसँग खेल्दै

काठमाडौँ । महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । दम्बुलामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज

भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ । जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजना

Techie IT