Techie IT
२०८३ असोज २५, आईतबार
NepaliPatra logo
गृहपृष्ठ ∕ खेल ∕ यू– १९ एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित

यू– १९ एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित


काठमाडौँ। यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ। दुबईको आईसीसीए २ मैदानमा नेपालले दिएको ५३ रनको सामान्य लक्ष्य भारतले ७ ओभर १ बलमा पूरा गरेको हो।

भारतको जितमा आर्शिन कुलकर्नीले अविजित ४३ रन तथा आदर्श सिंहले अविजित १३ रन जोडे ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २२ ओभर १ बलमै सबै विकेट गुमाएर ५२ रन मात्र जोड्न सक्यो।

नेपालका लागि हेमन्त धामीले ८ रन तथा दीपक बोहरा र अर्जुन कुमालले समान ७–७ रन बनाए। कप्तान देव खनाल २ रन, गुल्सन झा ४ रनमा आउट भए। यस्तै दीपक बोहरा १ तथा दीपक प्रसाद डुम्रे र उत्तम थापामगर शून्य रनमै पभेलियन फर्किए।

दिपेश कँडेलले ४ रन, सुवाश भण्डारीले २ रन र आकाश चन्दले ४ रन जोडे।

भारतका राज लुम्बानीले ७ विकेट लिए। यस्तै आराध्या शुक्लाले २ र आर्शिन कुलकर्नीले १ विकेट लिए। यू–१९ एसिया कप यो नेपालको तेस्रो हार हो। यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे

Techie IT