Techie IT
२०८१ जेठ १६, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलमेसीले जिते फिफा द वेस्ट अवार्ड

मेसीले जिते फिफा द वेस्ट अवार्ड


काठमाडौँ । स्टार खेलाडी लियोनल मेसीले फिफा बेस्ट अवार्ड जितेका छन् ।

एमएलएस क्लब इन्टर मायमीका फरवार्ड मेसीले सिटीका स्ट्राइकर अर्लिङ हालान्डलाई पछि पार्दै अवार्ड जितेका हुन् । त्यस्तै, पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलियन एमबाप्पे तेस्रो भए । ‍मेसीले तेस्रो पटक फिफा द वेस्टमा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन्। मेसीले २०१६ र २०२२ मा पनि अवार्ड जितेका थिए।

सिटीका इडरसन उत्कृष्ट गोलकिपर घोषित हुँदा रियल म्याड्रिडका थिबाउट कोर्तोवा दोस्रो र अल हिलालका यासिन बोनौ तेस्रो बने ।

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पुरुष प्रशिक्षकको अवार्ड हात पारेका छन् ।
सिटीले २०२२–२३ मा प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कप जितेर ट्रेबल गरेको थियो।

राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तान, पत्रकार र फिफाको वेबसाइटमा प्रशंसकबाट प्राप्त भोटको आधारमा विजेता घोषणा गरिएको हो । प्रत्येक क्षेत्रका लागि २५ प्रतिशत भोट मानिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एभरेस्ट म्याराथनको उपाधि कुलुङ र शेर्पालाई

साेलुखुम्बु । सगरमाथा दिवसका अवसरमा आयोजित तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको उपाधि पुरुषतर्फ अर्जुन कुलुङ र महिलातर्फ ल्हाक्पा ङिमा शेर्पाले जितेका छन्

क्यानका अध्यक्ष चन्द श्रीमतीसहित अमेरिका प्रस्थान

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपमा सहभागी हुन बुधबार

नेपाल र यूएईबीचको दोस्रो लेग साउदी अरेबियामा हुने

काठमाडौँ । फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणमा नेपालले यूनाइटेड अरब इमिरेट्स (यूएई) सँगको दोस्रो लेग साउदी अरेबियामा खेल्ने भएको छ

अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । अमेरिकाको डल्लासमा रहेको ग्रान्ड प्रेरी

विश्वकपको लागि अमेरिकामा रहेको नेपाली टोलीले आज क्यानडासँग अभ्यास खेल…

काठमाडौँ । आइसिसी टी– २० विश्वकपकाे लागि अमेरिकामा रहेको नेपालले आज क्यानडासँग अभ्यास खेल खेल्दैछ । आजदेखि नेपालले टी– २०

दोस्रो अभ्यास खेलमा नेपाल २७ रनले विजयी

काठमाडौं । टि- २० विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ह्युस्टन हरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेल पनि जितेको छ । लो

Techie IT