गृहपृष्ठ ∕ खेल ∕ आर्मी क्लब आहा रारा गोल्डकपको फाइनलमा, उपाधिको लागि थ्री स्टारसँग प्रतिस्पर्धा गर्नेआर्मी क्लब आहा रारा गोल्डकपको फाइनलमा, उपाधिको लागि थ्री स्टारसँग प्रतिस्पर्धा गर्ने नेपालीपत्र बिहीबार, २०८० माघ १८ गते, १७:१३ मा प्रकाशित खेल काठमाडौँ । विभागीय टिम त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार पोखरा रंगशालामा भएको खेलमा आर्मीले चर्च बोइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।त्रिभुवन आर्मी क्लबको लागि खेलको ६१ औं मिनेटमा दिनेश हेम्जनले गोल गरेर अग्रता दिएका थिए । तर, ८५ औं मिनेटमा चर्च बोइजको लागि समिर तामाङले गोल गर्दै खेल बराबरीमा ल्याए ।नियमित समयमा खेल बराबरीमा सकिएसँगै अतिरिक्त समयमा खेल धकेलिएको थियो । आर्मीको लागि ९९ औं मिनेटमा राश बहादुर मगरले गोल गरेका थिए ।आजको खेलमा जित निकालेसँगै आर्मीले फाइनलमा थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । थ्री स्टार जावलाखेल युथ क्लबलाई १–० गोलले पराजित गर्दै फाइनलमा पुगेको थियो ।फाइनल खेल माघ २० गते हुनेछ । #चर्च बोइज युनाइटेड #त्रिभुवन आर्मी क्लबग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जितकाठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्टकाठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुनेकाठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपाल सेमिफाइनलमा प्रवेशकाठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छधेरै पढिएका खबर १ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते २ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ३ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ४ आफैँ सहभागी ओली सरकारका कामप्रति कांग्रेस असन्तुष्ट ५ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ६ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव ७ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा मागThe Film Nepal