Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाल ‘ए’ माथि क्यानडा ४ विकेटले विजयी

नेपाल ‘ए’ माथि क्यानडा ४ विकेटले विजयी


काठमाडौँ । क्यानडाले नेपाल ए क्रिकेट टिमलाई पराजित गरेको छ । आइतबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले नेपाल ए लाई ४ विकेटले पराजित गरेको छ ।

नेपाल ए ले दिएको २१७ रनको लक्ष्य पछाएको क्यानडाले ४९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

यस अघि मुलपानी क्रिकेट मैदानमा जारी खेलमा पहिला ब्याटिङ गर्दै नेपाल ए ले ५० ओभरमा ८ विकेट गुमाउदै २१६ रन बनाएको थियो ।

नेपाल ‘ए’ का लागि बषिर अहमदले अविजित ५० रन बनाएका थिए भने राशिद खानले ४० रन बनाएका थिए । त्यस्तै मयन यादवले ३५, किरण ठगुन्नाले २५, बिबेक यादवले २१ रनको योगदान दिएका थिए ।

त्यस्तै क्यानडा- ११ का बलर साद बिन जाफरले सर्बाधिक ३ विकेट लिएका थिए भने इश्वरजोत सोहीले २ विकेट लिएका थिए ।

योसँगै ३ खेलको सिरिजमा क्यानडा १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल फेब्रुअरी २० मा दोस्रो र फेब्रुअरी २२ मा तेस्रो खेल हुने छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

Techie IT