Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलनामिवियाले नेदरल्याण्ड्सलाई दियो १ सय २४ रनको लक्ष्य

नामिवियाले नेदरल्याण्ड्सलाई दियो १ सय २४ रनको लक्ष्य


काठमाडौँ । नेदरल्यान्ड्सले आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नामिवियालाई १ सय २३ रनमा अलआउट गरेको छ ।

कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नामिविया ३५ ओभर १ बलमा १ सय २३ रन बनाएर अलआउट भयो । डच टोलीको धारिलो बलिङ अगाडि नामिवियाको ब्याटिङ लाईन ध्वस्त भयो । उसका लागि छैटौं नम्बरका ब्याटर जेजे स्मितले २६ र नवौं नम्बरका ब्याटर रुबेन ट्रपलम्यानले २० र जेन ग्रीनले १९ रन जोडे ।

त्यस्तै निकोलस डेविन र जेर्राड एरासमसले समान १३ र बेर्नाड स्कोल्जले १२ रन बनाए । नेदरल्याण्डका लागि स्पिनर आर्यन दत्तले सर्वाधिक ६ विकेट लिए । कायल क्लेनले २, म्याक्स ओडाउड र रोल्फ भान डेरले १–१ विकेट लिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

Techie IT