गृहपृष्ठ ∕
खेल ∕
नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायाे नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायाे
काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे आफ्नाे अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएकाे छ । नेदरल्यान्ड्सले दिएकाे १ सय २१ रनकाे लक्ष्य नेपालले १५ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायाे ।
नेपालका कप्तान राेहित पाैडेलले सबैभन्दा धेरै ४६ रन बनाए । यस्तै गुल्सन झा ३८ रन बनाएर आउट भए । नेदरल्यान्ड्सका भिभान किङ्गमाले ३ विकेट लिए ।
टस जितेर ब्याटिङ गरेकाे नेदरल्यान्ड्स १९ ओभर ३ बलमा १ सय २० रनमा समेटियाे । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले सबैभन्दा धेरै ३१ रन बनाए । नेपालका प्रतिस जिसीले ३ तथा करण केसी र कुशल मल्लले समान २ विकेट लिए ।
जितसँगै नेपालले फाइनल खेल्ने सम्भावना बलियाे भएकाे छ । नेपाल ४ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । नेदरल्यान्ड्स ४ अङ्क भए पनि नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ । नामिबिया २ अङ्कका साथ पुछारमा छ ।
शृङ्खलाकाे अन्तिम खेलमा भाेलि नामिबिया र नेदरल्यान्ड्सबीच खेल्नेछन् । फाइनल खेल मङ्गलवार हुनेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर
काठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ ।
काठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली
काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार
काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ
काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका