Techie IT
२०८३ असोज १९, सोमबार
NepaliPatra logo
गृहपृष्ठ ∕ खेल ∕ जेएफएको महिला टिमले जित्यो सेभेन ‘ए’ साइड ओपन फुट्सल प्रतियोगिताको उपाधि

जेएफएको महिला टिमले जित्यो सेभेन ‘ए’ साइड ओपन फुट्सल प्रतियोगिताको उपाधि


काठमाडौँ । जुनियर फुटबल एकेडेमी (जेएफए) स्पोर्टस् नेपालले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भएको सेभेन ‘ए’ साइड ओपन फुट्सल प्रतियोगिताको उपाधि जितेको छ । बौद्ध अजिमा समाजको आयोजनामा शुक्रबार फुट्सल एरिनामा भएको चौथो संस्करणको प्रतियोगितामा जेएफएले उपाधि जितेको हो ।

प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो । जेएफएले रियल मड्रिड फ्यान क्लबल नेपाललाई ८–० गोलले पराजित गरेर क्वार्टरफाइनलमा स्थान बनाएको थियो । त्यस्तै बज्र इन्टरनेशनल कलेजलाई ७–० र आयोजक बज्र अजिमा समाजलाई पेनाल्टी सुटआउटमा २–० गोलले पराजित गरेर फाइनलमा स्थान बनाएको थियो । फाइनल खेलमा सिम्बा खुकुरीलाई १–० गोलले पराजित गर्दै जेएफएले उपाधि जितेको हो । जेएफएको लागि जेनिफर रानाले विजयी गोल गरिन् ।

विजेता जेएफएले नगद पुरस्कार ३० हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, उपविजेता सिम्बा खुकुरीले २० हजार नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी जेएफएकी जेनिफर राना घोषित भइन् । भने उत्कृष्ट गोलकिपरको उपाधि जेएफएकी झरना बायु राईले प्राप्त गरिन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे

Techie IT