Techie IT
२०८१ वैशाख १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेललिजेन्ड्स १९९६ लाई हराउँदै टी–२० विश्वकप टोली लिजेन्ड कपको फाइनलमा

लिजेन्ड्स १९९६ लाई हराउँदै टी–२० विश्वकप टोली लिजेन्ड कपको फाइनलमा


काठमाडौँ । लिजेन्ड्स १९९६ लाई हराउँदै सन् २०१४ को टी–२० विश्वकप टोली लिजेन्ड कप क्रिकेटको फाइनल प्रवेश गरेको छ । रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको ‘एक्स्ट्राटेक लिजेन्ड कप’ को पहिलो खेलमा २०१४ विश्वकप टोलीले लिजेन्ड्स १९९६ लाई ५ विकेटले पराजित गरेको हो ।

लिजेड्स १९९६ ले दिएको ६८ रनको लक्ष्य पछाएको टी–२० विश्वकप टोलीले ९.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । जितका लागि विरेन्द्र शाहले ३५, दिपेन्द्र लामगाडेले ८ र शरद भेस्वाकर र पारस खड्काले ६–६ रन बनाएका थिए ।

त्यस्तै लिजेन्ड्स १९९६ का बलर बसन्त शाही ठकुरीले ३ विकेट लिएका थिए भने लेख बहादुर क्षेत्री र किरण रानाले एकरएक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लिजेन्ड्स १९९६ ले १० ओभरमा ८ विकेट गुमाउँदै ६७ रन बनाएको थियो ।

त्यस्तै विश्वकप २०१४ टिमका लागि शक्ति गौचन र सामसंग जंग थापाले २–२ विकेट लिए भने बद्रि पंगेनी, जितेन्द्र मुखिया, दिपेन लामगाडे र ममता थापाले एक–एक विकेट लिए ।

जितपछि २०१४ विश्वकप लिजेन्ड्स टिम फाइनलमा पुगेको छ । फाइनलमा २०१४ विश्वकप लिजेन्ड्सले दोस्रो खेलको रेस्ट अफ नेपाल र रुपन्देही लिजेन्ड्सबीचको विजेतासँग खेल्ने छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १० रनले पराजित गरेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध ब्याटिङ

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियाे १६१ रनकाे लक्ष्य

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा

नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको

अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ कास्य…

काठमाडाैँ । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

Techie IT