Techie IT
२०८० असोज १४, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलबेन्जेमा साउदी प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित

बेन्जेमा साउदी प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित


एजेन्सी । फ्रान्सेली फरवार्ड करिम बेन्जेमा साउदी अरबको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् ।

३५ वर्षीय बेन्जेमाले स्पेनिस क्लब रियल मड्रिडबाट बाहिरिएलगत्तै इतिहादसँग तीन वर्षको सम्झौता गरेका हुन् । उनले १४ वर्षपछि रियल छाडेका थिए ।

बालोन डीओर विजेता बेन्जेमा सन् २००९ मा लियोनबाट रियल आएका थिए । बेन्जेमाले रियलबाट पाँच च्याम्पियन्स लिग र चार ला लिगा उपाधि जितेका छन् ।

उनले रियलका लागि ३ सय ५४ गोल गरेका छन् । उनी क्रिस्टियानो रोनाल्डोपछि रियलको दोस्रो सर्वाधिक गोलकर्ता पनि हुन् ।

रोनाल्डो अर्को साउदी क्लब अल–नासरबाट खेल्छन् । रियलका पूर्वखेलाडीद्वय अब भने एक–अर्काका प्रतीद्वन्द्वी हुने भएका छन् ।

यता, अर्जेन्टिनी खेलाडी लियोनल मेसी पनि साउदी क्लबमा अनुबन्ध हुन सक्ने चर्चा छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एकदिवसीय विश्वकपः कुन टोलीको उमेर कति छ ?

एजेन्सी । एकदिवसीय विश्वकप अक्टोबर ५ बाट भारतमा सुरु हुँदैछ । अहिले प्रतियोगितामा सहभागी सबै १० टोलीले अभ्यास खेल खेलिरहेका

माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल एसियाडको क्वाटरफाइनलमा

काठमाडौँ । नेपालले चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा स्थान बनाएको छ । समूह चरणको दोस्रो खेलमा

विलियम्सनले विश्वकपको उद्घाटन खेल नखेल्ने

एजेन्सी । न्यूजिल्याण्डका कप्तान केन विलियम्सन पूर्णरुपमा फिट नभएकाले एकदिवसीय विश्वकप २०२३ को पहिलो खेल खेल्ने छैनन् । साविक उपविजेता

लाइप्जिगसँग हारबाट जोगियो बायर्न

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले बराबरी खेलेको छ । गएराति भएको खेलमा बायर्नले आरबी लाइप्जिगसँग २–२

नेपालद्वारा माल्दिभ्ससमक्ष २१३ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको जारी खेलमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ । टस जितेर

कुशलकी आमा भन्छिन्– ‘साग केलाउँदै छोराको खेल हेरेँ, देशको नाम…

लुम्बिनी । चीनको हान्झाउ सहरमा १९औँ एसियाली खेलकुदअन्तर्गतको मङ्गोलियाविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगिता चलिरहँदा काठमाडौँमा रहेकी क्रिकेटर कुशल मल्लकी आमा

Techie IT