गृहपृष्ठ ∕ खेल ∕ प्रधानमन्त्री र आइसीसीका अध्यक्षबीच भेटवार्ताप्रधानमन्त्री र आइसीसीका अध्यक्षबीच भेटवार्ता नेपालीपत्र बुधबार, २०८० चैत्र ७ गते, १७:४२ मा प्रकाशित खेल काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच बुधबार भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो ।सो अवसरमा प्रधानमन्त्री दाहालले आइसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए ।‘नेपाल सरकारले क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ,’ प्रधानमन्त्रीले भने, ‘सन् २०२७ को ‘यु– १९ वुमन वर्ल्ड कप’का लागि नेपाल सरकारले निकै महत्त्व दिएको छ । आइसीसीबाट पनि महत्त्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौं ।’अध्यक्ष बार्क्ले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आइसीसीले सहयोग गर्ने बताएका थिए । भेटमा नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याल र नेपाल क्रिकेट संघका पदाधिकारीको सहभागिता थियो । #आइसीसीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ एमाले अध्यक्ष ओलीद्वारा कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण ३ चितवनमा कल्भर्टमुनि भेटिएका दुई शवको पहिचान हुन सकेन ४ Tilda Lights Up Diwali 2024 with Madhu’s: A Festival of Flavours and Tradition ५ The British College Announces Career Fest 2024: Tackling Brain Drain and Bridging Talent with Opportunity ६ मन्त्री ज्वालाले भनेः बालकुमारी घटनामा मेरो कुनै संलग्नता छैन ७ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’The Film Nepal