Techie IT
२०८१ जेठ ३१, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलएभरेस्ट म्याराथनको उपाधि कुलुङ र शेर्पालाई

एभरेस्ट म्याराथनको उपाधि कुलुङ र शेर्पालाई


साेलुखुम्बु । सगरमाथा दिवसका अवसरमा आयोजित तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको उपाधि पुरुषतर्फ अर्जुन कुलुङ र महिलातर्फ ल्हाक्पा ङिमा शेर्पाले जितेका छन् । विश्वकै सबैभन्दा उच्च ठाउँमा दौडिँदै पुरुषतर्फ सोलुखुम्बुको महाकुलुङका कुलुङ र महिलातर्फ नेपाल प्रहरीकी शेर्पाले उपाधि जितेका हुन् ।

सगरमाथा आधार शिविरबाट सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेसम्म ४२ दशमलव १९ किमिको दूरी कुलुङले तीन घण्टा ५२ मिनेट २ सेकेन्डमा पार गरे । महिलातर्फ त्यही दूरी शेर्पाले चार घण्टा ४२ मिनेटमा पार गरिन् । प्रतियोगितामा दुई सय १० जना धावक सहभागी रहेका आयोजकले जनाएको छ ।

सगरमाथामा पहिलो पटक एड्मन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले ७१ वर्षअघि सन् १९५३ मे २९ मा पाइला राखेको दिनको सम्झनामा हिमालयन एक्स्पिडिसन कम्पनी लिमिटेडले म्याराथन आयोजना गर्दै आएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र श्रीलंकाको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडामा लगातार वर्षा भएपछि

फुटबल विश्वकप छनौटमा नेपाल र यमन भिड्दै

काठमाडौँ । फिफा विश्वकप फुटबल छनौटचरणको अन्तिम खेलमा आज नेपालले यमनको सामना गर्नेछ । खेल साउदी अरबियाको दमाममा आजराति नेपाली

आफूलाई बदनाम गर्न खोजिएको भन्दै कानूनी उपचार खोज्ने पारस खड्काको…

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफूलाई बदनाम गर्न खोजिएको भन्दै कानूनी उपचार खोज्ने चेतावनी दिएका छन्

सन्दिप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्ट इन्डिज पुगे

काठमाडौँ । विश्वकप टी–२० क्रिकेट खेल्न सन्दिप लामिछाने वेष्ट इंडीज पुगेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी

विश्वकप छनोटः नेपाल यूएईसँग ४–० गोलले पराजित

काठमाडौँ । फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल यूएईसँग ४ – शून्य गोलले पराजित भएको छ

एआईए बास्केटबलमा ६६ टिम

काठमाडौँ । अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए)को आयोजनामा एआईए थ्री अन थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ६६

Techie IT