गृहपृष्ठ ∕ खेल ∕ विश्वकप लिग–२: आज नेपाल र ओमान खेल्दैविश्वकप लिग–२: आज नेपाल र ओमान खेल्दै नेपालीपत्र बुधबार, २०८१ असोज १ गते, ११:०५ मा प्रकाशित खेल काठमाडौँ । आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत बुधबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।क्यानडाको किंग्स मैदानमा नेपालले आफूभन्दा एक स्थानमाथि रहेको ओमानविरुद्ध गतिलो प्रदर्शन गर्ने योजना बनाएको छ । खेल क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ । लिगमा नेपालले पाँच खेलमा चार हारको सामना गरेको छ । ओमानले चार खेलमा एक जित निकाली तीन अंक जोडेको छ ।नेपाल र ओमानबीच अहिलेसम्म सात एकदिवसीय खेल भएका छन् । जसमा ओमानले चार र नेपालले तीन जित निकालेका छन् । नेपालले अन्तिमपटक ओमानविरुद्ध २१ अप्रिल २०२३ मा प्रतिस्पर्धा गरेको थियो । सो खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो ।नेपाल सोमबार क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले अब तेस्रो खेल असोज ६ गते क्यानडासँग र चौथो खेल असोज ८ गते ओमानसँग खेल्नेछ । #आईसीसी विश्वकप लिग–२ #ओमानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय टिम घोषणाकाठमाडौँ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले वुमेन्स साफ च्याम्पियनसिप २०२४ का लागि सोमबार २३ सदस्यीय टिम घोषणा गरेका छन् । साफ महिला च्याम्पियनसिपको तयारी पूराकाठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ । महान्यायाधिवक्ता कार्यालयले सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्नेकाठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको साफ महिला च्याम्पियनशिपमा २७ सदस्यीय टोली घोषणाकाठमाडाैँ । साफ महिला च्याम्पियनशिपका लागि २७ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । ४० खेलाडीसहित प्रारम्भिक चरणको अभ्यास थालेका एभरेष्ट महिला भलिबल लिगमा लगातार जितसहित कर्णाली फाइनलमाकाठमाडौँ । एभरेष्ट महिला भलिबल लिगमा लगातार चौथो जितसहित कर्णाली यश्विज फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा चितवन चार स्थानमाथि उक्लिदै दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डर वरीयताको दोस्रो स्थानमाकाठमाडौँ । नेपाली राष्ट्रिय किक्रेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० अलराउन्डरको विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् । आईसीसीलेधेरै पढिएका खबर १ प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको २ करोड २ दशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्ने ३ राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना ४ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ५ हनुमानढोकाको दशैंघरमा राखियो जमरा ६ निर्णायक तहमा महिलाको प्रतिनिधित्व अझै सन्तोषजनक छैन: राष्ट्रपति पौडेल ७ शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धताThe Film Nepal