गृहपृष्ठ ∕
खेल ∕
एनपिएलको प्लेअफ पुग्ने चारवटै टोलीको टुंगो लाग्यो एनपिएलको प्लेअफ पुग्ने चारवटै टोलीको टुंगो लाग्यो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेको छ ।
सोमबार कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको एनपिएलको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णलीलाई ६ विकेटले हराएको हो ।
योसँगै सुदूरपश्चिम रोयल्सले क्वालिफायर १ मा जनकपुर बोल्ट्ससँगको भेट पक्का गरेको छ। प्लेअफ पुग्ने चारवटै टोलीको टुंगो पनि लागेको छ।
सुदूरपश्चिम र जनकपुरले क्वालिफायर १ खेल्दा चितवन राइनोज र कर्णाली याक्सले इलिमिनेटर खेल्ने छन् । क्वालिफायर १ को विजेता सिधै फाइनल पुग्ने छ भने पराजित टोलीले इलिमिनेटरको विजेतासँग फाइनल पुग्न पुनः भिड्ने छ ।
सुदूरपश्चिमले सातमध्ये एक खेलमा हार बेहोर्दै १२ अंक जोड्यो। जनकपुरले १० तथा कर्णाली र चितवनले समान आठ अंक जोडेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो
काठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति
काठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को
पाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको
बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका
काठमाडौँ । भारतको महाराष्ट्रमा चलिरहेको अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो