Techie IT
२०८० फागुन १७, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलनेसन्स लिगको उपाधि स्पेनलाई

नेसन्स लिगको उपाधि स्पेनलाई


एजेन्सी । नेसन्स लिगको उपाधि स्पेनले जितेको छ । गएराति भएको खेलमा क्रोएसियालाई टाइब्रेकरमा हराउँदै स्पेन च्याम्पियन बनेको हो ।

नेदरल्यान्ड्सको डी कुइप मैदानमा भएको फाइनलमा निर्धारित ९० मिनेटसम्म र अतिरिक्त समयसम्म पनि गोलरहित बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टीबाट लागेको हो ।

पेनाल्टीमा स्पेन ५–४ ले विजयी बन्यो । स्पेनका डानि कार्भहाल, मार्को एसेन्सिओ, मिकेल मेरिनो, रोड्री र जोसेलुले गोल गर्दा एइमेरिक लापोर्टे गोल गर्न चुके ।

यता, क्रोएसियाकाका लागि ब्रुनो पेट्कोभिच र लोभ्रो मजेर गोल गर्न चुके । इभान पेरिसिच, लुका मोड्रिच, मार्सेलो ब्रोजोभिच र निकोला भ्लासिचले गोल गरेपनि क्रोएसियालाई उपाधि दिलाउन सकेनन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेदरल्यान्ड्सले नामिबियालाई हरायो

काठमाडौँ । नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनको फराकिलो अन्तरले हराएको छ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा

टिमले उपाधि घर लिएर जानेमा विश्वस्त छुः साम्बा

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ ले फाइनल खेल्न नपाए पनि आफु टिमले एकजुट

भरतपुर महानगरद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेन्डर आह्वान

चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ । महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण

नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

काठमाडौँ । त्रिकोणात्मक टी– २०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल २ रनले पराजित भएको छ । कीर्तिपुरमा भएको खेलमा १८५

सावित्राले वाफ महिला च्याम्पियनसिपको फाइनल खेल गुमाउने

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी महत्वपूर्ण खेलाडी सावित्रा भण्डारी ‘साम्बाले वाफ महिला च्याम्पियनसिप’को फाइनल खेल गुमाउने भएकी छन्

टस जितेर नेदरल्यान्ड्सविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ । नेपालले त्रिकोणात्मक टी– २०आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्ससँग टस जितेर पहिला बलिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा

Techie IT