Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलमदन जयन्तीको अवसरमा सप्ताहव्यापी खेलकुद आयोजना गर्ने खेलकुद महासंघको निर्णय

मदन जयन्तीको अवसरमा सप्ताहव्यापी खेलकुद आयोजना गर्ने खेलकुद महासंघको निर्णय


काठमाडौँ। नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले मदन भन्डारीको जन्मजयन्तीको अवसरमा देशभर साप्ताहिक खेलकुद आयोजना गर्ने निर्णय गरेको छ। महासंघको बैठकले मदन जयन्तीको अवसरमा देशैभरी साप्ताहिक खेलकुद आयोजना गर्ने निर्णय गरेको अध्यक्ष परशुराम बस्नेतले जानकारी दिए।

साप्ताहिक खेलकुद आयोजना अन्तर्गत सबै खाले खेल आयोजना गरिने बस्नेतले बताए। उनका अनुसार अहिले प्रचलनमा रहेको स्थानीयदेखि राष्ट्रिय स्तरको सबै खेल गर्ने तयारी छ। आयोजनामा भलिबल, फुटबल, व्याटमिन्टन, दौड, डोरी तानातान, वक्तित्वकला, बास्केटबल, कबड्डीलगायतका सबै खाले खेलकुद आयोजना गर्ने निर्णय भएको उनले बताए।

यस अन्तर्गत प्रतिनिधिसभा, राष्ट्रियसभा, संविधानसभा सदस्यहरू वर्तनमा र पूर्वसदस्यहरूको बीचमा व्यटमिन्टन खेल प्रतिस्पर्धा समेत गराउने तयारी रहेको बस्नेतले बताए।

भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो। जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ।

तत्कालीन नेकपा एमालेका महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगा भएको जिप दुर्घटनामा परी दुःखद निधन भएको थियो। उनीहरूको दुर्घटनामा परी निधन भएको भन्दा पनि धेरैले हत्या भएको बताउँदै आइरहेका छन्। उक्त घटनालाई लिएर विभिन्न टिकाटिप्पणी भए पनि हालसम्म ठोस निष्कर्ष भने निस्कन सकेको छैन।

यसको अलवा मदन जयन्तीको अवसरमा कोशी र बागमती प्रदेशमा बौद्धिक बहस र रचनात्मक क्रियाकलाप सञ्चालन गर्ने तयारी रहेको उनले बताए। यस कार्यक्रम अन्तर्गत खासगरी पार्टीको मार्गदर्शक सिद्धान्तको रूपमा रहेको जनताको बहुदलीय जनवादलाई नेता कार्यकर्ताको बिचमा बहस र प्रशिक्षण गर्ने तयारी रहेको छ।

भण्डारीले २०४८ सालको महाधिवेशनमा पेश गरेको जबजको सिद्धान्तलाई नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रूपमा लागू गर्दै आएको छ।

असार १२ र १३ गते कोशी प्रदेश १४, १५ बागमती प्रदेशमा विभिन्न ८ वटा विषयमा मदनलाई स्मरण गर्ने र नेता कार्यकर्ताहरू प्रशिक्षण गर्ने बस्नेतले बताए। भण्डारीको जन्मजयन्तीको अवसरमा भण्डारीका संकलित रचनाहरू, छानिएका रचनाहरू, सेलेक्टेड वर्क्स, तथा जीवनी र व्यक्तित्व जस्ता कृतिहरूको समेत चर्चा र वितरण गर्ने महासंघको तयारी छ।

साप्ताहिक कार्यक्रम अन्तर्गत सरसफाई, सामाजिक तथा स्वयंसेवी कार्यक्रमलगायत रचनात्मक कार्य गर्ने तयारी छ। यस अवसरमा मदनलाई स्मरण गर्ने र विभिन्न कार्यक्रममा नेता कार्यकर्तालाई जोड्ने महासंघका प्रवक्ता तिर्थ खड्काले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसिया कप खेलेर फर्कियो महिला टीम

काठमाडौँ । श्रीलंकामा महिला एसिया कप टी–२० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ । प्रतियोगितामा नेपालले तीन खेल

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान

काठमाडौँ । नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ

महिला एशिया कप टि–२० क्रिकेटमा नेपाल र भारत भिड्दै

काठमाडौँ । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल

दीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक

काठमाडाैँ । ११ औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा नेपालकी दीपा बिष्टले स्वर्ण पदक जितेकी छिन् ।

महिला टी–२० एसिया कपमा आज नेपालले यूएईसँग खेल्दै

काठमाडौँ । महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । दम्बुलामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज

भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ । जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजना

Techie IT