Techie IT
२०८१ कात्तिक २७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलवेस्ट इन्डिजका कप्तान शाई होपले नेपालविरुद्ध शतक बनाए

वेस्ट इन्डिजका कप्तान शाई होपले नेपालविरुद्ध शतक बनाए


काठमाडौँ। वेस्ट इन्डिजका कप्तान शाई होपले नेपालविरुद्ध शतक बनाएका छन्। आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत नेपालविरुद्ध होपले शतक बनाएका हुन्।

हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजका लागि चौथो नम्बरमा क्रिजमा उत्रिएका होपले १०७ बलमा सात चौका र दुई छक्कासहित अर्धशतक पूरा गरे। होपसँग चौथो विकेटका लागि १८० रनको साझेदारी गरेका निकोलस पुरन ९६ रन बनाएर खेलिरहेका छन्।

नेपाली विकेटकिपर आसिफ शेखले १७औं ओभरको अन्तिम बलमा पुरनको क्याच ड्रप गरेपछि वेस्ट इन्डिजले ब्यािटङमा पुनरागमन गर्यो। वेस्ट इन्डिजले ३९.४ तीन विकेट गुमाएर दुई सय ३६ रन बनाएको छ।

नेपालका लागि बलिङतर्फ करण केसी, गुल्शन झा र सन्दीप लामिछानेले एक–एक विकेट लिएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेस्ट इन्डिजका राइफर पोखरा एभेन्जर्समा अनुबन्ध

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई टोलीमा अनुबन्ध गरेको छ ।

राजेश हमाल लुम्बिनी लायन्सको ब्रान्ड एम्बासडर

काठमाडौँ । अभिनेता राजेश हमाल नेपाल प्रिमियर लिग (एनपीएल)मा जोडिएका छन् । लुम्बिनी लायन्सले हमाललाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ

महिला क्रिकेट: युएईमा जारी १९ वर्ष मुनीको टि–ट्वान्टी विश्वकपको एशिया…

काठमाडौँ । युएईमा जारी १९ वर्ष मुनीको टि–ट्वान्टी विश्वकपको एशिया छनोटमा नेपालले तेस्रो जित निकालेको छ । आइतबार युएईको अजमानमा

पोखरा एभेन्जर्सको जर्सी लोमान्थाङबाट सार्वजनिक

काठमाडौँ । एनपिएलको सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ । लोमान्थाङबाट जर्सी सार्वजनिक गरिएको भिडिओ हिजो टिमका

आईसीसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले निकाल्याे दोस्रो जित

काठमाडौँ । आईसीसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहीबार युनाइटेड अरब इमिरेट्स (यूएई)मा

महिला यु–१९ क्रिकेट: नेपालले आज कुवेत सँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले बिहीबार कुवेत सँग प्रतिस्पर्धा गर्दैछ । संयुक्त अरब इमिरेट्स (युएई) को

Techie IT