काठमाडौँ। वेस्ट इन्डिजले आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको ग्लोबल छनोटमा नेपाललाई ३४० रनको लक्ष्य दिएको छ।
वेस्ट इन्डिजले ७ विकेट गुमाएर ३३९ रनको योगफल तयार पारेर नेपाललाई सो लक्ष्य दिएको हो।
वेष्ट इन्डिजको लागि शाई होप र निकोलस पुरनले शतक प्रहार गरे।
कप्तान होपले १३२ रन बनाउँदा पुरनले ११५ रन बनाए। त्यस्थै, ब्राण्डन किङले ३२ रन, रोभमान पावेलले २९ रन, जासन होल्डरले १६ रन, तथा केल मेयर र किमो पाउलले एक–एक रनको योगदान दिए।
बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिए। त्यस्तै, करण केसी, गुल्सन झा, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान एक–एक विकेट लिए।