Techie IT
२०८२ वैशाख २०, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलपुरुष भलिबलः नेपालको लगातार पाँचौँ हार

पुरुष भलिबलः नेपालको लगातार पाँचौँ हार


काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपालले आयोजक किर्गिस्तानको ‘बी’ टोलीसँग पराजित भएको छ ।

किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रियसन कम्प्लेक्समा शुक्रबार भएको खेलमा किर्गिस्तानको ‘बी’ टोलीले नेपाललाई ३–२ को सेटमा पराजित गरेको हो ।

नेपालले पहिलो सेट २५–२३ ले जितेको थियो । दोस्रो सेट र तेस्रो किर्गिस्तानले २९–२७ र २५–२२ ले आफ्नो पक्षमा बनायो । चौथो सेट नेपालले २५–११ ले जितेपछि खेलको पाँचौँ सेटमा पुग्यो । त्यसपछि पाँचौँ सेट १६–१४ ले जित्दै किर्गिस्तानले विजयी हासिल गर्यो ।

नेपालको यो लगातार पाँचौँ हार हो । नेपाल पहिलो खेलमा मङ्गोलिया, दोस्रो खेलमा आयोजक किर्गिस्तान, तेस्रो खेलमा इरान र चौथो खेलमा तुर्किमिनिस्तानसँग पराजित भएको थियो ।

काभा नेसन्स लिगमा नेपालसहित सात टोलीको सहभागिता रहेको छ । अब नेपालले लिग चरणको आफ्नो अन्तिम खेल उज्वेकिस्तानसँग खेल्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

Techie IT